बर्दिया/ बाँसगढी नगरपालिकाको ६ नम्बर वडा कार्यालयले अनलाइन घटना दर्ता सुरु गरेको छ । प्रविधिको विकाससँगै कार्यालयबाट दिइने सेवा सुविधाहरुलाई पनि प्रविधीमैत्री बनाउने लक्ष्यका साथ ६ नम्बर वडा कार्यालयले पनि अनलाइन घटना दर्ता सुरु गरेको हो ।
६ नम्बर वडा कार्यालयले अनलाइन घटना दर्ता सुरु गरेसँगै बाँसगढी नगररपालिकाको वडा नं.१ र ५ गरी ३ वटा वडा कार्यालयबाट अनलाइन घटना दर्ता गर्न सकिने छ । बाँसगढी नगरपालिले वडा अध्यक्ष तथा सहायक कर्मचारीलाई दिएको अनलाइन घटना दर्ता सम्बन्धी दुई दिने तालिमको सदुपयोग गर्दै कार्यालयमा अनलाइन घटना दर्ता सुरु गर्न सफल भएको वडा नं.६ का अध्यक्ष दशरथ थारुले बताए ।
अनलाइन घटना दर्ता सुरु गरेसँगै सोमबार नै अनलाइन मार्फत आशाराम थारु र गिता थारुको विवााह दर्ता र कृषा श्रेष्ठको जन्म दर्ता गरी औपचारिक रुपमा अनलाइन घटना दर्ता कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष थारुले बताए ।
अनलाइन घटना दर्तासँगै जन्म, मृत्यु, बसाइ सराई, विवाह दर्ता लगायतका घटना अनलाइन मार्फत दर्ता गर्न सकिने जनाइएको छ । दमौलीमा रहेको सौगात केवलले दमौली गाँउमा ईन्टरको सुविधा प्रदान गरेकोले पनि अनलाइन सेवा सुचारु गर्न सफल भएकोमा सौगात केवललाई वडा अध्यक्षले धन्यावाद दिएका छन् ।
बाँसगढी नगरपालिकाले नागरिकलाई सहज र छिटो छरितो रुपमा सेवा प्रदान गर्न सवै वडाका अध्यक्ष तथा सहायक कर्मचारीलाई आवश्यक तालिम दिसकेको छ । वडा कार्यालयले अनलाइन घटना दर्ता सुरु गरेसँगै ईन्टरनेटको पहुँचमा भएका र घर बाहिर रहेको नागरिकहरुले विभिन्न घटना त्यहिबाट दर्ता गर्न पाउने छन् ।









प्रतिक्रिया दिनुहोस्