निकुञ्जको ¥याफ्ट बबई नदीमा पल्टिदा एकजना बेपत्ता



बर्दिया/  बर्दिया राष्ट्रिय निकुञ्जको नियमित गस्तीमा गएको ¥याफ्ट( डुंगा) शनिबार दिउँसो बबई नदीमा पल्टिँदा एकजना निकुञ्जका गेम स्काउट कर्मचारी बेपत्ता भएका छन् । चेपाङ्गबाट बबई नदीमा पसेको ¥याफ्ट बबई नदीको मुलघाट नजिक दुर्घटनामा परेको निकुञ्जले जनाएको छ ।

नदीको ठूलो ढुंगामा ठोक्एिर ¥याफट पल्टिएको बताइएको छ । ¥याफ्ट पल्टिदा निकुञ्जका गेमस्काउट कर्मचारी भोला यादव बेपत्ता भएको बर्दिया निकुञ्जका निमित्त संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए । ¥याफ्टमा ७ जना थिए । ६ जना पौडी खेलेर शकुसल बाहिर निस्केका थिए ।

शनिबार दिउँसो निकुञ्जका कर्मचारी र सेनाको टोली निकुञ्ज क्षेत्र गस्ती गर्न र सेनाको पोष्टका लागि टोली खटनपटनका सामाग्री लिएर हिडेका थिए । २ वटा ¥याफ्ट मध्ये पछिल्लो ¥याफ्ट दुर्घटनामा परेको हो ।

बेपत्ता यादवको खोजी भइरहेको बताइएको छ । खोजी कार्यका लागी सशस्त्र प्रहरी बलको बाँके शम्सेगन्जबाट प्रहरीको टोली झिकाइएको छ भने नेपाली सेनाको उद्धार टोली र नेपाल प्रहरीले टोली पनी खोजी कार्यका लागि परिचालित गरिएको निकुञ्जले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ ३ गते आइतबार