सभ्य समाज निर्माण र नागरिकलाई मर्यादित बनाउन नयाँ मुलुकी ऐन



बर्दिया/  समाजलाई सुव्यवस्थित र नागरिकलाई मर्यादित बनाउन नयाँ मुलुकी ऐन आएको कानुन अधिवक्ताहरुले जोड दिएका छन् ।

बर्दिया जिल्ला अदालत बार एसोसिएश गुलरियाले आयोजना गरेको मुलुकी देवानी (संहिता) ऐन, मुलुकी अपराध (संहिता ऐन २०७४) कार्यान्वय सम्बन्धी अन्तर सम्वाद कार्यक्रममा कानुन अकिवक्ताहरुले सभ्य समाज निर्माणका लागि सुधारात्मक कानुनी व्यवस्था आएको बताएका छन् ।

जिल्ला अदालत बर्दियाका न्याधिस किरण कुमार पोख्रेलले सभ्य समाज निर्माण र शान्ति सुरक्षा कायम गर्नका लागि नयाँ मुलुकी ऐन आएकाले कोही आतिनु पर्ने आवश्यक नरहेको बताए । न्यायधिस पोखरेलले नयाँ मुलुकी संहिता ऐन आएपछि नेपाल प्रहरी कानुन व्यवसायी र सञ्चालकर्मी डराउनु पर्ने स्थिति सृजना भएकाले राम्रो काम गर्नेहरु आतिनु पर्ने आवश्यक नरहेको बताए । उनले समाजलाई सभ्य बनाउन खोजेकाले कानुन कार्यान्वयन गर्दै गए हामी आफै सभ्य हुने बताए ।

कानुन बनाउने र कानुन कार्यान्वयन गर्ने सम्मलाई संहिता कार्यान्वयन पछि कसुर बमोजिम कानुनी दायरामा ल्याउने र शुन्य देखि ९० नयाँ मुलुकी ऐनले ६० प्रतिशत भईरहेका कानुनहरुलाई समेटेको २० प्रतिशत सर्वोच्च अदालतका नजिरहरु, २० प्रतिशत अन्य अन्तराष्ट्रिय कानुनी मुल्य मान्यतालाई समेटेको जिल्ला न्यायधिवक्ता देबराज भारतीले बताए ।

उने भने संहिताले कसुरहरुको बर्गिकरण गर्दै ३ बर्ष देखि १० वर्षको कसुरलाई गम्भिर र १० बर्ष देखि माथिको कसुरलाई जघंन्य कसुरको रुपमा राखेको छ । नेपालमा मृत्युदण्डलाई कानुनले निषेधित गर्दै जातिय हत्या, अपरण, जवरजस्ती, ज्यान माफर्ने लगायतका कसुरहरुलाई आजिवन कारागारको सजाय हुन सक्ने व्यवस्था गरेको छ ।

जिल्ला अदालत बर्दियाका श्रेष्तेदार हिरण्य प्रसाद भण्डारीले मुलुकी देवानी (संहिता) ऐन, मुलुकी अपराध (संहिता ऐन २०७४) कार्यबिधि र अदालतको प्रक्रियाका बारेमा जानकारी दिए । उनले नयाँ मुलुकी ऐन लागु गर्र्न केही जटिलता भए पनि कानुन व्यवसायीहरुको सहयोग र समन्वयले सहज बनाउदै जाने बताए ।

नेपाल कानुन व्यवसायी परिषद्का पार्षद बिर बहादुर रोकायले समाजलाई सुव्यवस्थित मर्यादित र समाज र राष्ट्रमा सुशासन स्थापना गर्न मुलुकी संहिया ऐन कोशेढुङगा साबित हुने बताए ।

बर्दिया जिल्ला अदालत बार एसोसिएश गुलरियाका कार्यबाहक अध्यक्ष खडानन्द तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता ऋषिराम काफ्ले, अधिवक्ता सुर्यमोहन सापकोटा, नेपाल पत्रकार महासंघ बर्दिया शाखाका सभापति राजेन्द्र प्रसाद धिताल, गैरसरकारी संस्था महासंघ बर्दियाका अध्यक्ष बिष्णु प्रसाद तिमेल्सेना, कानुन अधिवक्ताहरु, बार एसोशिएशनका पुर्व अध्यक्षहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ २ गते शनिबार