अवैध कुखुरा नियन्त्रणमा प्रहरीको निगरानी



बर्दिया/  भारतबाट अवैध ब्रोईलर कुखुरा नेपालमा भित्र्ने क्रम नरोकिएपछि प्रदेश प्रहरीले निगरानी बढाएको छ । नेपालमा अवैध रुपमा ल्याईने कुखुरा लगायत विभिन्न सामानहरु नियन्त्रणका लागि सिमावर्ती खुल्ला नाकामा प्रदेश प्रहरीले कडाईको अभियानलाई तिव्रता दिएको ५ नम्बर प्रदेश प्रहरी निरीक्षक देबीप्रसाद पौडेलले बताए । 

नेपाल भारत सिमावर्ती क्षेत्र बर्दिया र बाँकेमा साना देखि ठुला कुखुरा तस्करहरुले खुल्ला नाकाको फाईदा उठाएर अवैध कुखुरालाई वैध बनाएर फ्रेस हाउस सञ्चालन गर्दै आएका छन ।

यस्ता अवैध कुखुरा नियन्त्रणका लागि तिब्र रुपमा निगरानी बढाई नियन्त्रण गर्ने काम भईरहेको छ । यसै क्रममा बुधबार बढैयाताल गाँउपालीका वडा नम्बर २ फुटाँह र वडा नम्बर ८ बलैगाँउ तथा रिमझिम नाकाबाट भारतिय र नेपाली नागरिकले नेपाल ल्याउँदै गरेको अवस्थामा अवैध कुखुरा ६ साईकल सहित उनीहरुलाई पनि नियन्त्रणमा लिईएको छ ।

नियन्त्रणमा लिएका २ सय केजी कुखुरा सहित पक्राउ परेकालाई थप कारबाहीका लागि पशु क्वारेन्टाईन चेक पोष्ट बर्दियामा पठाईएको प्रहरी निरीक्षक पौडेलले बताए ।

खुल्ला नाकाबाट अन्य भन्सार छली गरी गर्ने धन्दालाई नियन्त्रण गर्ने उदेश्यले अभियानलाई जोड दिएको र अभियानलाई प्रभावकारी बनाउन स्थायिन नागरिकहरुको पनि सहयोगको आवश्यक पर्ने जनाईएको छ । यता अबैध रुपमा भन्सार छली गरी बाँसगढीमा भित्र्ने सामानमा पनी ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीले कडाई गरेको छ ।

भन्सार छलि गरी ल्याईएका अवैध समानहरुलाई नियन्त्रण गर्न प्रहरीले २४ सै घण्टा चेक जाँचलाई प्राथमिकता दिएको प्रहरी निरीक्षक वसन्त गौतमले बताए ।

बाँसगढी क्षेत्रमा अवैध रुपमा भेली, चिनी कुखुरा, लगायत घरायसी सामानहरु नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको प्रहरी निरीक्षक गौतमले बताए । भारतबाट ल्याईने कुखराबाट नेपालमा वर्डफ्ल्यु भित्रिन सक्ने सम्भावनालाई मध्य नजर गर्दै ईलाका प्रहरी बाँसगढीले पनि अवैध कुखुरा नियन्त्रणमा लिई नष्ट गर्ने गरेको छ ।

कुखुराबाट सर्ने रोग वर्डफ्ल्यु रोगले मानिसको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले यसको नियन्त्रणका लागि कडाईका साथ निगरानी तथा चेक जाँच तिव्र पारिएको प्रहरी निरीक्षक गौतमले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ३१ गते बिहीबार