भन्सार कार्यालयका कर्मचारी १० हजार घुससहित पक्राउ



कञ्चनपुर/   सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा अख्तियारले गड्डाचौकी भन्सार कार्यालयका कर्मचारीलाई नगदसहित नियन्त्रणमा लिएकोे छ ।

भारतबाट सामान ल्याउदै गरेका सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा अख्तियारले गड्डाचौकी भन्सार कार्यालयका नायव सुब्बा रामप्रसाद भट्टराईलाई नगद १० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

विशेष सुराकीको आधारमा भट्टराईलाई घुस लिइरहेको अवस्थामा नगद १० हजारसहित नियन्त्रणमा लिइएको अख्तियार दूरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरका प्रमुख ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २९ गते मंगलबार