कोहलपुर,०१ फागुन/ कोहलपुरमा रहको शिद्धेश्वर महादेव शिव मन्दिरको प्राङ्गनमा विवाह मण्डव निर्माण गरिएको छ । सो मण्डवको मंगलबार कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादर रावतले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा रावतले यस क्षेत्रका मानिसहरु विवाह, ब्रतवन्ध गर्दा प्रायः बागेश्वरी मन्दिरमा जाने गर्छन्, कोहलपुरमा रहेका मन्दिरहरुमा विवाह मण्डव नभएका कारणले पनि त्यस्तो वाध्यता आइपरेको बताउँदै अब यस शिव मन्दिरमा निर्माण भएको विवाह मण्डवले त्यो वाध्यतालाई कम गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मन्दिर परिसरमा विवाह मण्डव निर्माण गर्न आर्थिक तथा जिन्सी ह्सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो । कोहलपुर नगरपालिका–११ का समाजसेवी भानुभक्त भट्टराईलाई आर्थिक सहयोग गरेकोमा सम्मान समेत गरिएको थियो ।
प्रकाशित मिति : २०७४ फागुन १ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्