सल्यान,२९ माघ/ सल्यानको कपुरकोट गाउँपालिकाका माध्यामिक विद्यालयमा विद्युतीय हाजिर प्रणाली जडान गर्ने निर्णय भएको छ ।
गाउँपालिकाको आज बसेको ११ औँ कार्यपालिका बैठकले विद्युतीय हाजिर मेसिन जडान गर्ने निर्णय गरेको हो ।
विद्युतीय मेसिनबाट हुने हाजिरमा आए गएको समय पनि देखिने भएकाले विद्यालयमा शिक्षक समयमा उपस्थित हुने र शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जानकारी दिनुभयो ।
शैक्षिक क्षेत्रमा सुशासन कायम गर्न तथा शिक्षकलाई कार्यप्रति जवाफदेही बनाउन विद्युतीय हाजीर प्रणाली प्रभावकारि हुने गाउँपालिकाको दाबी छ ।
यस्तै गाउँपालिकाले गत पुसमा बाँकेमा आयोजित दोसो जुनियर एथ्लेटिक्स प्रतियोगीता अन्तर्गत १ हजार ५ सय मिटरको दौडमा प्रथम हुन सफल नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौरमा कक्षा ६ मा अध्यनरत छात्रा चन्द्रा घर्तीलाई सम्मान गर्ने भएको छ ।
घर्तीले खेलकुद मार्फत गाउँपालिकाको गरिमालाई माथी उठाएको भन्दै नगद २५ हजार रुपैयाँ सहित सम्मान गर्ने निर्णय भएको हो ।









प्रतिक्रिया दिनुहोस्