पिपरीमा विकास कार्यमा तिव्रता



कविन्द्र परियार : कोहलपुर,२२ माघ/     बाँकेको कोहलपुर नगरपालिका —८ पिपरीमा पछिल्लो समयममा विकास निमार्णका कार्यको गतिमा तिव्रता आएको छ ।

वडामा संञ्चालन गरिएको कतिपय योजनाहरु सकिसकेका छन भने अधिकांश कामहरु अन्तिम चरणमा पुगेको कोहलपुर नगरपालिका —८ का वडा अध्यक्ष रेशम खत्रीले बताए ।

वडामा संञ्चालन गरिएका योजनाहरु मध्ये पिपरी गाउँमा रहेको सरस्वती आधारभूत विद्यालयको पर्खाल निर्माण , कालिका मन्दिर निर्माण, बाटो ग्राभेल जस्ता योजनाहरु सम्पन्न भइसकेका छन ।

त्यस्तै अन्य गौरवका आयोजना,तटबन्ध खानेपानी पुल निर्माण लगायतका योजनाहरु अन्तिम चरणमा पुगेको वडा कार्यालयले जनाएको छ । पछिल्लो समयमा वडाको पिपरी चोकदेखि पिपरी गाउँको पूर्व सम्म बाटो कालोपत्रे गरिने योजना परेको र काम भइरहेको छ भने , नयाँ बस्ती टोलमा माटो पटान तथा ग्राभेल,सानो डुडुवा नालामा पक्कीपु्लको सिलान्यास झन्डवा चोक देखि सितलनगर सम्म कालोपत्रे गर्ने कार्य सूरु भइसकेको छ ।

नयाँबस्ती सडक कालोपत्रे टेण्डर तथा सरस्वती चोक देखि झरकट्टी सम्म सडक कालोपत्रे लगायत अन्य दर्जनौ योजनाहरु सूरु भइसकेका छन् । सबै योजनाहरु प्रभावकारी ढंगले अगाडि बढिरहेका छन् ।

समयमै निर्माण कार्य सम्पनन गर्ने तरिकाले कामहरु भइरहेका वडा अध्यक्ष खत्रीले बताए । स्थानीय तेज बहादुर पुनले वडामा सञ्चालन भएका योजनाहरु राम्रो ढंगबाट संञ्चालन भइरहेको बताए ।

‘मेरो घर छेउमा बनाउन लागिएको औरहवा बाबा मन्दिर पनि अन्तिम चरणमा पुगेको छ ’उनले भने । त्यस्तै अर्का स्थानीय हरी सुनारले आफ्नो वडामा विकास निर्माणका कार्यहरु तिव्रताका साथ अघि बढिरहेको देख्दा खुशी लागिरहेको प्रतिक्रिया दिए ।

जनप्रतिनिधि आइसकेपछि पुराना योजनाले समेत प्राथामिकता पाएको र उपभोक्ता समुहरुमा सबै दलका प्रतिनिधिहरुलाई समेटेर काम गरेका कारण उत्साहपूर्ण रुपमा विकासका काम भइरहेको सुनारले बताए ।

कोहलपुर नगर सरकारका सदस्य तथा विधान समितिका संयोजक भिम बहादुर नेपालीले कोहलपुर नगरपालिका – ८ मा अन्य वडाका तुलनामा विकास निर्माणका कार्यहरु तिव्र रुपमा अघि बढेको बताए ।

वडा कार्यालयका अनुसार चालु आ.व. को वडामा रहेको बजेट सिलिङ अनुसार राष्ट्रिय गौरवका योजनाका लागि रु ७० लाख, तटबन्ध र वातावरणमा रु २३ लाख ८० हजार, खानेपानीका लागि रु १२ लाख, सानोडुडुवामा पक्की पुल निर्माणको लागि रु ६६ लाख ८८ हजार २ सय पैसट्टी, विद्यालय भवनका लागि रु १६ लाख , सरस्वती चोक – झरकट्टी सम्म बाटो कालोपत्रेका लागि रु ३२ लाख रकम विनियोजन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २२ गते सोमबार