कोहलपुर,२१ माघ/ बाँकेको राप्तीसोनारी ८ मा जनप्रतिधिहरुले मनोमानी ढंगले योजनाहरु संञ्चालन गरेको भन्दै बाम गठबन्धनको तर्फबाट शनिबार योजना अनुगमन तथा निरीक्षण समिति गठन गरिएको छ ।
योजना प्रभावकारी र भए नभएको निरीक्षण गर्न सालिकराम डाँगीको संयोजकत्वमा ५ सदस्य समिति गठन गरिएको हो । जसको सदस्यहरुमा
कर्ण बहादुर खत्री, हर्क बहादुर विष्ट, भुपेन्द्र बहादुर खडका तथा कामना शाह रहेका छन् ।
समितिले जनप्रतिनिधिले उपभोक्ता समितिमा काँगे्रसका मानिसहरुको सहभागी धेरै भएको आफुखुसी योजनाहरु संञ्चालन गरेको लयगातका आरोप लगाएको छ ।
प्रकाशित मिति : २०७४ माघ २१ गते आइतबार









प्रतिक्रिया दिनुहोस्