मधुवन नगरपालिका विकासका योजनालाई प्राथमिकता



बर्दिया,१५ माघ/  बर्दियाको मधुवन नगरपालिकाका ९ वटै वडाहरुमा विकासका योजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर कामलाई तिब्रता दिन थालिएको नगरपालिकालाई जनाएको छ ।

नगरपालिकाले सबै वडामा गरी जम्मा रु १९ देखि २१ करोड बराबरका विकासे योजना तर्जुमा गरी कार्यान्वयन गर्न विशेष चासो दिन थालेको हो । शिक्षा, स्वास्थ्य, सडक, पर्ययटन, कृर्षि, खेलकुद, उद्योग व्यापार, रोजगार लगायतका विभिन्न क्षेत्रमा गरी अन्य ठाउँका स्थानीय तह भन्दा फरक शैलीमा ठूलो धनरासी खर्च गर्न लागिएको छ ।

फरक शैत्रीमा जनप्रतिनिधिसँगै कर्मचारीहरुले मधुवन नगरपालिकामा काम गर्न थालेपछि अहिले सामाजिक, आर्थिक र भौतिक विकासले गति लिन थालेको हो । यही गतिमा गए पाँच भित्र मधुवन नगरपालिकाको कायापलट हुने नगर प्रमुख गणेश बहादुर खत्री (कृष्ण) ले बताए ।

उनले भने, – ‘मैले निर्वाचनका बेला पनि भनेको थिए पाँच वर्ष भित्र स्वच्छ, सफा, हराभरा, विकसित नमुना युक्त समृद्ध मधुवन नगर बनाएर छोड्ने छु । त्यसका लागि हामी सँग अहिले धेरै आधारहरु छन ।

भने केही अपुग आधारहरु तय गर्दै छौं ।’ नगर प्रमुख खत्रीले आगामी शैक्षिक सत्र देखि मधुवन नगरपालिका भित्र पर्ने ३१ वटै सामुदायिक विद्यालयमा अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट पढाई गराउने गरी पहल भइरहेको बताए ।

उनका अनुसार पहिलो वर्ष सबै सामुदायिक विद्यालयमा अध्ययरत शिशु र कक्षा १ का विद्यार्थीहरुलाई अग्रेंजी माध्यमबाट नै शिक्षण गरिने छ । यस्तो प्रकारको शिक्षण विधिले सामुदायिक र निजी क्षेत्रमा सञ्चालित स्कुल वीचको दरार कम हुने विश्वास लिइएको छ ।

जनप्रतिनिधिहरु पनि नयाँ भएकाले कतिपय जनताका अति आवश्यक माग र अपेक्षाहरु पुरा गर्न नसकेको भन्दै आगामी आर्थिक वर्षमा अधुरा सबै किसिमका कार्ययोजना पुरा गरिने नगर प्रमुख गणेश बहादुर खत्री (कृष्ण) को दाबी छ ।

विंसः २०७३ सालमा कार्यान्वयमा आएको बर्दियाको मधुवन नगरपालिका भित्र झन्डै ५३ देखि ५६ हजार जनसंख्या रहेको अनुमान छ । साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने भेरी अञ्चलको उक्त नगरपालिका पूर्वमा गुलरिया नगरपालिका, पश्चिममा ढोढरी गा.वि.स.उत्तरमा पदनाहा, बनियाभार, दक्षिणमा भारतको उत्तर प्रदेश सँग जोडिएको सानोश्री ताराताल नगरपालिकालाई नेपाल सरकार मन्त्रीपरिषदको २०७१ मंसिर १६ गतेको निर्णय अनुसार घोषणा गरिएको थियो ।

वि.सं.२०३४÷०३५ साल सम्म तत्कालिन पुर्नवास कम्पनीले नेपाल राज्यका विभिन्न स्थानबाट बसाइ–सराइ गरी साविक ताराताल गा.वि.स.बसोबास गर्दै आएको र वि.सं.२०४० सालमा बर्दिया जिल्लाका बबई उपत्यका अन्तर्गत सानोश्री गा.वि.स.लाई बर्दिया राष्ट्रिय निकुञ्ज विकास गर्ने क्रममा ताराताल क्षेत्र बसाइसरी त्यस क्षेत्रमा बसोबास गरिएको साविक सानोश्री र ताराताल गा.वि.स.लाई एकिकरण गरी सानोश्री ताराताल नगरपालिकाको रुपमा नामाकरण गरिएको हो ।

तर पछि देश संघीयतामा गइसकेको अवस्थामा फेरि मधुवन नगरपालिकाको रुपमा कायम गरियो । अहिले मधुवन नगरपालिका भित्र पर्ने उर्वर भूमि, जैविक विविधता, सांस्कृतिक विविधता, ऐतिहासिक ताराताल, पवित्र सरजु नदि (बबई), लोपोन्मुख वनस्पति (दत्तिवन), प्राविधिक शिक्षाको उपलब्धता
(कृषि÷भेटनेरी), जिल्लाकै उत्कृष्ट व्यापारिक केन्द्र (कुसुम्बा बजार) लगायतका विषयलाई प्राथामिकता दिई काम गर्न थालिएको उल्लेख
छ ।

मधुवन नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागि अनुमानित आय तर्फ ४९ करोड २९ लाख ५८ हजार ७ सय ९९ र अनुमानित ब्यय तर्फ पनि त्यति बराबरको बजेट शिलीङ तयार पारेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १५ गते सोमबार