
oppo_0
वीरेन्द्रनगर ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले जिल्लाको सेवा प्रवाह, सुशासन र शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । नयाँ प्रमुुख जिल्ला अधिकारीका रूपमा आएपछि उनले पत्रकारहरूसँग परिचयात्मक तथा भेटघाट कार्यक्रम गर्दै यस्तो बताएका हुुन् ।
जिल्लास्थित सबै सरकारी कार्यालयबाट प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्दै सुशासन कायम गर्न आफूले विशेष जोड दिने उनले बताए । यसको सुरुवात जिल्ला प्रशासन कार्यालयबाटै गर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे । जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक रणनीति निर्माण गरी कार्यान्वयन गरिने उनको भनाइ छ ।
‘नागरिकले सुरक्षित वातावरणमा आफ्ना दैनिक गतिविधि सञ्चालन गर्न सक्ने अवस्था निर्माण गर्नु प्रशासनको प्रमुख दायित्व हो,’ उनले भने ‘त्यसैगरी, जिल्लामा सञ्चालन भइरहेका विकास निर्माणका कामलाई प्रभावकारी बनाउन प्रशासनले आवश्यक भूमिका निर्वाह गर्नेछ ।’
विकास निर्माणसँग सम्बन्धित निकायहरूबीच समन्वयलाई थप प्रभावकारी बनाउँदै आयोजनाहरूको कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि सहजीकरण गरिने सापकोटाले बताए । जिल्लाको समग्र विकास, शान्ति सुरक्षा, सेवा प्रवाह र सुशासनका क्षेत्रमा प्रशासन, स्थानीय तह, सरकारी निकाय तथा सञ्चार क्षेत्रबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा उनले जोड दिए ।









प्रतिक्रिया दिनुहोस्