काठमाडौँ ।
मञ्जुश्री फाइनान्स लिमिटेड र स्टार क्याफे एण्ड ब्यान्कुएट प्राइभेट लिमिटेडबीच मञ्जुश्री फाइनान्सका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात्, मञ्जुश्री फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले स्टार क्याफे एण्ड ब्यान्कुएटमा सेवा लिँदा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौताअनुसार सबै परिकारका खानपान तथा पेय पदार्थहरूमा ८ प्रतिशतसम्मको छुट हुनेछ । क्याबिन बुकिङ गर्दा १० प्रतिशत छुट हुनेछ । फाइनान्सका ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न र उनीहरूलाई थप सेवा सुविधा प्रदान गर्न यो सहकार्य गरिएको हो ।
ग्राहकले बील भुक्तानी गर्ने क्रममा मञ्जुश्री फाइनान्सको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरेको पुष्टि गरेर यो छुट सहजै लिन सक्नेछन् । आगामी दिनहरूमा पनि ग्राहकहरूको हितलाई ध्यानमा राख्दै यस्ता विभिन्न सहकार्यहरूलाई निरन्तरता दिइने फाइनान्सले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्