एलजीका नयाँ मोडेलका फ्रिज, वासिङ मेसिन र एसी सार्वजनिक



नेपालगन्ज ।

घरायसी इलेक्ट्रिोनिक्स सामग्री उत्पादक कम्पनी एलजीले नयाँ घरेलु उपकरण श्रृंखलाअन्तर्गत फ्रिज, वासिङ मेसिन र एसीका नयाँ मोडेलहरू सार्वजनिक गरेको छ । एलजीले आफ्नो आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ती उपकरणहरू नेपालगन्जमा एक विशेष कार्यक्रममाझ सार्वजनिक गरेको हो ।

कम्पनीले नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी नयाँ घरेलु उपकरण श्रृंखला विकास गरिएको उक्त कार्यक्रममा जानकारी दिएको छ ।
‘हरेक घरको खुसी, घर–घरमा एलजी’ नारासहित सिजीले ती उपकरणहरूको वितरण सुरु गरेको उक्त कार्यक्रममा जानकारी दिइयो । इसेन्सियल सिरिज नाम दिइएका उपकरण श्रृंखला सार्वजनिक गर्न आयोजित कार्यक्रममा एलजीका प्रोडक्ट प्लानिङ म्यानेजर किरण शर्माले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेर नयाँ मोडेलहरू ल्याइएको जानकारी दिए ।

उनले ती उपकरणहरू नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका बताउँदै ती उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने विश्वास रहेको बताए । नयाँ श्रृंखलाअन्तर्गत सार्वजनिक गरिएका उपकरणहरू डबल–डोर रेफ्रिजरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनर रहेका छन् । पाँचवटा भेरियन्टमा रहेको नयाँ मोडेलको फ्रिजमा फ्रस्ट फ्रि टेक्नोलोजी रहेको र ती रेफ्रिजरेटरले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउने सुविधा पनि रहेको कार्यक्रममा शर्माले जानकारी दिए ।

ती फ्रिजमा रहेको स्मार्ट मोडेल सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्ने र अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमता रहेको पनि जानकारी दिइएको छ । यसैगरी नयाँ मोडेलको वासिङ मेसिन नेपालका विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको र उक्त वासिङ मेसिनमा प्रोशिल्ड मोटर रहेको तथा बिएमसी कभरले पानी तथा फोहोर पस्न रोक्ने व्यवस्था रहेको जानकारी दिइएको छ ।

आइपीएक्स प्रमाणित वाटर रेजिस्टेन्ट कन्ट्रोल प्यानले जस्ता सुविधाहरू समावेश पनि उक्त मेसिनमा रहेको शर्माले जानकारी दिए । साथै लो प्रेसर फिल टेक्नोलोजीले कम पानीको चापमा पनि प्रभावकारी धुलाइ सुनिश्चित गर्ने तथा म्यानअल रूपमा पानी हाल्न मिल्ने सुविधा पनि रहेको पनि कार्यक्रममा जानकारी दिइयो । यस्तै नयाँ मोडेलका एसीहरूमा बिजुलीको बचत गर्ने प्रविधि रहेको र ती एसीहरूले प्रभावकारी चिसो तथा तातो बनाउने सुविधा प्रदान गर्ने जानकारी दिइएको छ ।

परम्परागत इन्र्भटरविहीन एसीको तुलनामा कम विद्युत् खपत गर्ने नयाँ मोडेलको एसीमा वातावरणमैत्री रेफ्रिजरेन्ट प्रयोग गरिएको पनि जानकारी दिइएको छ । साथै न्यून ध्वनि सञ्चालनले प्रयोगकर्तालाई थप आरामदायी अनुभव प्रदान गर्ने तथा नयाँ सुविधायुक्त फिचरहरू पनि रहेका जानकारी दिइएको छ । नयाँ मोडेलका उपकरणहरूको बिक्री वितरण नेपालभर जुन २०२६ देखि सुरु भइसकेको कम्पनीले जनाएको छ । ती उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्राण्ड शप तथा मल्टि ब्राण्ड रिटेल आउटलेट तथा प्रमुख ई कमर्श प्लटेफर्ममार्फत उपलब्ध हुने पनि जानकारी दिइएको छ ।

सिजी ग्रुपअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको एक मात्र आधिकारिक वितरक हो । एलजी इलेक्ट्रोनिक्स सिंगापुरसँगको चार दशकभन्दा लामो सहकार्यमार्फत कम्पनीले एलजीलाई नेपालको अग्रणी तथा विश्वसनीय उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पु¥याएको उपकरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा कम्पनीका जनरल म्यानेजर गौरव हमालले जानकारी दिए ।

एलजी घरेलु उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्स तथा एयर सोलुसन क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी मानिन्छ । नवीन प्रविधि, ऊर्जा–दक्ष उत्पादन तथा ग्राहककेन्द्रित डिजाइनका लागि परिचित एलजीले विश्वभरका उपभोक्ताहरूलाई दैनिक जीवनलाई सहज र समृद्ध बनाउने समाधानहरू उपलब्ध गराउँदै आएको हमालले बताए ।
कार्यक्रममा कम्पनीको लुम्बिनी प्रदेश एरिया म्यानेजर पुनित थापा, कर्णाली तथा लुम्बिनी म्यानेजर नवीन चलाउनेसमेत उत्पादनबारे जानकारी दिएका थिए । देशका विभिन्न सहरहरूमा सार्वजनिक गरिएका ती उपकरणहरू सार्वजनिक गर्ने कार्यक्रम नेपालगन्जमा पनि गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २४ गते बुधबार