रास्वपाको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी मनोनीत



काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी (काठमाडौं)लाई मनोनयन गरेको छ । रास्वपाको सोमबार बसेको सचिवालय बैठकले काठमाडौं टोखाका केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनीत गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले केसीले पार्टीको विधान, नीति र सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधिबमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार