उमाशंकर अरगरियाले छाडे एमाले



काठमाडौँ ।

नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभाका प्रत्यासी उमाशंकर अरगरियाले पार्टी परित्याग गरेका छन् । आइतबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै एमाले परित्याग गरेको बताएका हुन् । उनले आफू एमाले प्रवेश गरेको लामो समय भइसक्दा पनि समायोजनको काम नटुंग्याएको भन्दै असन्तुष्टि पोखेका छन् ।

‘एमालेमा प्रवेश गरेको निकै वर्ष हुन लाग्दा पनि आजसम्म हामीसँग आएका साथीहरूको समायोजन हुन सकेको छैन । आजसम्म मसँग आएका साथीहरू कमिटीविहीन छन् । सगंठन शुद्धीकरण हुन नसकेको उनको भनाइ छ । पटकपटक पार्टीको अधिकारिक उम्मेदवारलाई हराउनेहरूलाई दण्डित गर्नुको सट्टा पुरस्कृत गर्ने परम्परा आफूले देखेको उनको भनाइ छ ।

‘पटकपटक जिल्लाको नेतृत्वबाट अपमानित हुने, लगनशील तथा इमान्दार कार्यकर्ताहरू अपहेलित हुने र पार्टीविरुद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले आजित भएको छु,’ उनले भनेका छन् । यी सबै कुराहरू पटकपटक केन्द्रमा जानकारी गराउँदा पनि कुनै किसिमको पहल नहुँदा आजबाट एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको आफूले बताएका छन् । उनी लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी २०७९ भदौ ३० गते एमाले प्रवेश गरेका थिए । उनी धनुषा–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यासीसमेत थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ११ गते सोमबार