कैलालीमा रूखमा अड्किएका व्यक्तिको उद्धार



काठमाडौँ ।

सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका–११ ओलानीमा रूखमा अड्किएका एक जनाको आज सकुशल उद्धार गरेको छ । सोही नगरपालिका बस्ने ७३ वर्षीय लालबहादुर सुनार घर नजिकै रहेको रूखमा स्याउला काट्न रूखमा चढेकामा उक्त रूखबाट तल झर्न नसकी रूखमा नै अड्किएका थिए ।

उनी रूखमा अड्किएको सूचना प्राप्त भएपश्चात् सशस्त्र प्रहरी नं ७ वैद्यनाथ वाहिनीबाट खटिएको तालिम प्राप्त टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । रासस

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २ गते शनिबार