एसईईको नतिजा छिटो सार्वजनिक गर्न सफल भएकोमा गगनले दिए सरकारलाई धन्यवाद



काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गर्न सफल भएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यस वर्ष एसईईको नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गर्न सफल भएकोमा नेपाल सरकार, सम्बन्धित निकाय र संलग्न सबैप्रति धन्यवाद तथा बधाई व्यक्त गर्दछु ।’

सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूलाई बधाई दिँदै थापाले मेहनत र लगनशीलताले आज सार्थक रूप पाएको बताएका हुन् । ‘हिजो सार्वजनिक भएको एसईई परीक्षामा सफल हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई ! तपाईँहरूको मेहनत र लगनशीलताले आज सार्थक रूप पाएको छ,’ उनले खेलेका छन् ।

सभापति थापाले अपेक्षित ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीलाई यो नतिजालाई केवल एउटा खुड्किलोको रूपमा लिन र कत्ति पनि विचलित नहुन आग्रह गरेका छन् ।

‘अपेक्षित ग्रेड प्राप्त गर्न नसक्नुभएका भाइबहिनीहरूलाई यो नतिजालाई केवल एउटा खुड्किलोको रूपमा लिन र कत्ति पनि विचलित नहुन आग्रह गर्दछु। आगामी ग्रेड वृद्धि परीक्षा आफ्नो क्षमता प्रमाणित गर्ने अर्को सुन्दर अवसर हो । विद्यार्थीको मनोबल उच्च राख्न र आवश्यक शैक्षिक परामर्श दिन म स्थानीय सरकारहरूलाई तत्काल समन्वयका लागि अनुरोध गर्दछु,’ उनले खेलेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २९ गते मंगलबार