रुकुम : रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिका ९ सिम्लीमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
मध्यपहाडी लोकमार्ग कालोपत्रेको काममा लागेको म १ त १३५ नम्बरको ट्याक्टर सिम्लीको चिसापानीमा दुर्घटना भएको हो। दुर्घटनामा सोही सडकमा काम गरिरहेका कामदार आठविसकोट नगरपालिका ११ निवासी १७ वर्षीय प्रेमबहादुर बिकको मृत्यु भएको हो।
दुर्घटनामा चालक बर्दिया घर भएका रामसागर चौधरी, रुकुम (पश्चिम) आठविसकोट नगरपालिका ११ का २४ वर्षीय उत्तम कामी, २० वर्षीय डिलबहादुर शिर्पाली र आठविसकोट ९ का १८ वर्षीय गणेश पुन घाइते भएका छन्।
घाइते चारजना मध्ये डिलबहादुर बाहेक अन्य तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख, प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमा काठमाडौं पठाइएको छ भने सामान्य घाइते डिलबहादुरको राप्ति समाज अस्पताल सल्लेमा उपचार भइरहेको छ।
प्रकाशित मिति : २०७४ पुस २० गते बिहीबार









प्रतिक्रिया दिनुहोस्