कोहलपुर ।
इलाका प्रहरी कार्यालय कोहलपुरलाई एक थान कम्प्युटर प्रदान गरिएको छ । कोहलपुर बैंकर्स क्लबले एक कार्यक्रमको आयोजना गरेर कोहलपुर प्रहरीलाई एक थान कम्प्युटर प्रदान गरेको हो ।
बैंकर्स क्लबका अध्यक्ष मिगलसिंह ठकुरीले इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक चक्र डम्मपरपाललाई उक्त कम्प्युटर प्रदान गरेका हुन् । यस सहयोगले प्रहरी कार्यालयको सुरक्षा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
साथै, कोहलपुर बैंकर्स क्लबले भविष्यमा पनि यस्तै प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू विभिन्न निकायहरूसँग समन्वय गरी निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा कोहलपुर बैंकर्स क्लबका पदाधिकारीहरू तथा अन्य विशिष्ट प्रहरी कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्