खाजा समयका नाममा काम नरोक्न कर्मचारीलाई अदालतको सूचना



काठमाडौं – ललितपुर जिल्ला अदालतले खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिने भएको छ। अदालतको प्रशासन शाखाले एक सूचना जारी गर्दै खाजाको समयमा काम नरोक्न कर्मचारीलाई निर्देशन दिएको हो।

‘यस अदालतमा कार्यरत कर्मचारीहरुका लागि दिउँसोको खाजा समय प्रत्येक आईतबारदेखि बिहीबारसम्म १ः३० बजेदेखि २ः३० बजेसम्म र शुक्रबार १ः०० देखि २ः०० सम्म तोकि सो समयमा अदालतको सेवा प्रवाह रोकावट हुने गरेकाले आज मिति २०८२/१२/१७ देखि अदालतको खाजा समयमा समेत कुनै रोकावट नगरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको व्यहोरा सम्पूर्ण सेवाग्राहीको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ अदालतले सूचनामा भनेको छ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार