धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि सहकार्य



सल्यान ।

जिल्लाको शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि सहकार्य गरेका छन् । दुवै पालिकाले संयुक्त बैठकमार्फत सहकार्यका लागि योजना छनौट र कार्यान्वयनका लागि मापदण्ड तयार भएका छन् ।

शारदा नगरपालिकामा पख्र्यात खैरावाङ भुवनेश्वरी मन्दिर रहेको छ भने छत्रेश्वरी गाउँपालिकामा सतिपीठ क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले दुई पालिकाबीच सडक पूर्वाधार विकासमा पनि सहकार्य हुने जानकारी दिए ।

निर्णयअनुसार छत्रेश्वरी गाउँपालिकाको लान्ति–राणगाउँ–तुसारे–खैरावाङ मन्दिरसम्म सडक निर्माण हुनेछ भने शारदा नगरपालिकाको वडा नं.१३ अमिलोबोटदेखि छत्रेश्वरी–५ नयाँ गाउँसम्मको सडक पनि निर्माण हुनेछ ।

छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओझबहादुर बुढाथोकीले धार्मिक पर्यटन प्रवद्र्धनका लागि दुवै पालिकाका प्रमुख धार्मिकस्थलमा फोटोसहित जानकारीमूलक होर्डिङ बोर्ड राखिने बताए । उनका अनुसार विकासलाई समन्वय र सहकार्यबाट अघि बढाइनेछ । दुवै पालिकाका प्रमुखहरूले सीमा क्षेत्रको विकास र धार्मिक पर्यटन प्रवद्र्धनका लागि छिट्टै निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार