सीजीका आठ अत्याधुनिक ‘कुक टप’ सार्वजनिक



काठमाडौँ ।

मध्यपूर्व एसियामा बढ्दै गएको भू–राजनीतिक अस्थिरताका कारण विश्वभर ऊर्जाको आपूर्ति शृंखला प्रभावित भएको छ । यसको प्रत्यक्ष असर विस्तारै नेपाली बजारमा पनि देखिन थालेको छ । जहाँ खाना पकाउने ग्यासको आपूर्तिमा अनिश्चितता र अभाव सिर्जना हुन थालेको छ । यही गम्भीर अवस्थालाई मध्यनजर गर्दै, नेपालको अग्रणी ब्रान्ड सीजीका साना घरायसी उपकरणले आफ्ना अत्याधुनिक ८ वटा कुकटप मोडलहरू बजारमा सार्वजनिक गरेको छ ।

ग्यासको परनिर्भरतालाई तोड्दै स्वदेशी जलविद्युत्को प्रयोगलाई बढावा दिन सीजीले उच्च प्रविधि र सुरक्षासहितका यी उपकरणहरू ल्याएको हो । सीजीले उपभोक्ताको आवश्यकता र भाँडाकुँडाको प्रयोगलाई ध्यानमा राख्दै तीन विधामा ८ वटा फरक मोडलहरू सार्वजनिक गरेको हो । त्यसमध्येको एक हो, पाँच इन्डक्सन कुकटप मोडल ।

तीव्र गतिमा खाना पकाउन र उच्च ऊर्जा बचतका लागिका लागि भूमिका खेल्ने सीजीले जनाएको छ । २ इन्फ्रारेड कुकटप मोडलहरूले जस्तोसुकै धातुका भाँडाहरूलाई सपोर्ट गर्ने र उपभोक्ताले आफ्नो भान्सामा रहेका स्टिल, आल्मुनियम, तामा, पित्तल वा माटोका जुनसुकै भाँडाहरू यसमा सहजै प्रयोग गर्न सक्ने जनाइएको छ ।

हाइब्रिड कुकटप मोडलहरुले आधुनिक भान्साका लागि एउटै उपकरणमा इन्डक्सन र इन्फ्रारेड दुवैको सुविधा दिने गर्दछ । उच्च गुणस्तरको आइजिविटीले उच्च गुणस्तरको भोल्टेजको उतारचढावलाई सन्तुलनमा राख्दै लामो समयसम्म टिकाउपन सुनिश्चित गर्दछ । उच्च–ग्रेड क्रिस्टल ग्लास अत्यन्तै बलियो र ताप प्रतिरोधी क्रिस्टल ग्लासको प्रयोग गरिएको छ ।

यसले भान्सालाई प्रिमियम लुक प्रदान गर्ने सीजीको दाबी छ । टच÷पुश बटन प्रकार्य सहज र आधुनिक प्रयोगका लागि ‘फेदर टच’ डिजिटल प्यानल उपलब्ध हो । बाल तालाले बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै ‘चाइल्ड लक’को विशेष सुविधा प्रदान गरेको छ । यसबाट कुनै पनि दुर्घटनाको जोखिम नरहेको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार