ग्रिनपिसले ग¥यो कक्षा १२ का विद्यार्थीलाई बिदाइ



कोहलपुर (बाँके) ।

कोहलपुर १२ स्थित ग्रिनपिस सेकेन्डरी स्कुलले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाइ गरेको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरिएको हो । विद्यालयका सञ्चालक आरती पौडेलले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । पौडेलले ग्रिनपिसले कोहलपुरमा मात्रै नभइ बाँकेमा गुणस्तरीय र संस्कारयुक्त शिक्षा दिइरहेको बताइन् ।

उनका अनुसार स्कुलले स्थापनाकालदेखि दक्ष जनशक्ति उत्पादन गरिरहेको छ । ग्रिसपिसमा कक्षा १२ सम्मको अध्ययन पूरा गरेर बिदाइ भएका विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उनले भनिन्, ‘स्वागतको क्षण खुसीयालीयुक्त हुन्छ । बिदाइको क्षण भावुक हुन्छ । हामीले केही शिक्षा दिएर तपाईँहरुलाई बिदाइ गरेका छौँ । आगामी दिनमा तपाईँहरु यो देशको योग्य नागरिक बन्नुहोला ।’

यस्तै उनले सम्पूर्ण विद्यार्थीलाई आगामी दिनमा जिम्मेवार नागरिक बन्न सुझाव दिएकी थिइन् । स्कुलका संस्थापक विएल भारतीले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरे । ग्रिनपिस स्कुलले गुणस्तरीय शिक्षा र व्यावहारिक शिक्षामा जोड दिएको उनको भनाइ थियो । संस्थापक भारतीले आगामी दिनमा थप जिम्मेवारीसमेत बढ्ने हुँदा सधैँ आफ्नो लक्ष्य प्राप्तिका लागि लगनशील भएर लाग्नुपर्ने बताएका थिए ।

स्कुलका प्रिन्सिपल विष्णुविक्रम शाहीले २०८० मा ७ जना विद्यार्थीबाट कक्षा ११ को पठनपाठन सुरू गरेको बताए । दोस्रो ब्याचका ९० जनालाई यसपटक बिदाइ गरिएको उनको भनाइ थियो । ‘हामीले किताबी ज्ञान मात्रै दिएका छैनौँ । अतिरिक्त क्रियाकलापमा समेत सहभागिता गराउने गरेका छौँ । हाम्रा विद्यार्थी भोलिका दिनमा हरेक क्षेत्रको नेतृत्व गर्न सक्षम छन्,’ प्रिन्सिपल शाहीले भने ।

कार्यक्रमको सभापतित्व गरेका कक्षा ११ का विद्यार्थी अनमोल दलामीले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कार्यक्रम सम्पन्न भएको बताए । उनका अनुसार कक्षा १२ सकाएर गएका अग्रज दाईदिदीहरुको सफलताको शुभकामना प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । ९० जना विद्यार्थीलाई बिदाइ गरिएको उनको भनाइ छ । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३० गते शनिबार