अनर एक्स–५ सी सार्वजनिक



काठमाडौँ ।

अनर नेपालले आफ्नो सेगमेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने उद्देश्यसहित अनर एक्स–५ सी स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘एक्सट्रिम च्याम्पियन’को पहिचानसहित प्रस्तुत गरिएको यस स्मार्टफोनले किफायती मूल्यमा उत्कृष्ट तस्बिर स्पष्टता, भरपर्दो कार्यसम्पादन र प्रिमियम प्रयोग अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

दैनिक प्रयोगमा उच्च अपेक्षा राख्ने प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको अनर एक्स–५ सी ले आकर्षक बनावट, सन्तुलित शक्ति र व्यवहारिक उपयोगितालाई एकसाथ प्रस्तुत गर्दछ । यो फोनमा समावेश गरिएको ५० मेगापिक्सल क्षमताको मुख्य क्यामराले स्पष्ट, जीवन्त तथा उच्च विवरणयुक्त तस्बिर खिच्छ । भरपर्दो प्रोसेसर र पर्याप्त भण्डारण क्षमताका कारण यस स्मार्टफोनले एकैसाथ धेरै काम सहज रूपमा गर्न, अनुप्रयोगहरू छिटो सञ्चालन मद्दत गर्छ ।

यो फोनमा ५ हजार दुई सय ६० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ । यसको मूल्य १५ हजार ९ सय ९९ तोकिएको छ भने अनर एक्स ५–सी प्लसको मूल्य १७ हजार ९ सय ९९ मा उपलब्ध तोकिएको छ । उत्कृष्ट कार्यसम्पादन, मजबुत बनावट तथा आधुनिक डिजाइन खोज्ने प्रयोगकर्ताका लागि यी दुवै मोडेल आकर्षक विकल्पका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १८ गते सोमबार