नेपालगन्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार विवेककुमार श्रेष्ठले सुशासनलाई मुख्य एजेण्डा बनाएर आफ्नो वाचापत्र सार्वजनिक गरेका छन् । नेपालगन्जमा एक कार्यक्रमका बीच श्रेष्ठले वाचापत्र वाचन गर्दै भ्रष्टाचारको उन्मूलन र सुशासन आफ्नो मुख्य एजेण्डा रहेको बताए ।
श्रेष्ठको वाचापत्रमा बाँके जिल्लाको समग्र विकासको लागि गरिने कार्यहरू, बाँके क्षेत्र नम्बर २ को विकासका लागि गरिने कामहरू, लुम्बिनी प्रदेश सरकारसँग समन्वयमा गरिने कार्यहरू, नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर गरिने कामहरू र डुडुवा गाउँपालिकासँग समन्वय गरेर गरिने कामहरूको अलग–अलग विवरण समावेश छन् ।
उनले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, कृषि, पशुपालन, रोजगारी लगायतलाई प्राथमिकता दिएको वाचापत्रमा उल्लेख गरेका छन् । रास्वपाका जिल्ला अध्यक्ष हरिपाल सिंह केसीको अध्यक्षतामा सम्पन्न वाचापत्र सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो ।








प्रतिक्रिया दिनुहोस्