तीन राउण्ड हवाई फायर गरेर नेपालगन्जबाट लागूऔषध कारोबारी नियन्त्रणमा



बाँके ।

नेपालगन्ज उपमहानगरपालिका– ४ गणेशपुर नजिकैबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले तीन राउण्ड हवाई फायर गरेर भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक इलियास अहमद रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि तीन राउण्ड हवाई फायर समेत गर्नुपरेको प्रहरीले स्रोतले जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले पेस्तोलबाट तीन राउण्ड हवाई फायर गरेको थियो ।

पक्राउ परेका अहमदको साथबाट २८० ग्राम १६० मिलिग्राम लागूऔषध ब्राउनसुगर, एक थान डिजिटल तराजु, हातमा लगाउने नक एक थान र एक थान मोबाइल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार