तराइमा चिसोले जनजीवन कष्टकर



धनगढी ।

चिसोले जनजीवन कष्टकर बनेपछि कैलालीको धनगढी बजारसहित विभिन्न पालिकामा चोक चोकमा आगो बालिएको छ ।  सर्वसाधारणले आगोे ताप्नका लागि सशस्त्र प्रहरीले विभिन्न चोकहरुमा आगो बालेको हो । पछिल्लो केही दिनयता अत्यधिक चिसो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको छ ।

चिसोका कारण मान्छेलाई दैनिक कामकाज गर्नसमेत समस्या भइरहेको छ । चिसोका कारण जनजीवन कष्टकर बन्न थालेपछि आगो ताप्नका लागि डिभिजन वन कार्यालयले निःशुल्क काठ वितरण गरिरहेको छ । सर्वसाधारणलाई चिसोबाट जोगाउनका लागि निःशुल्क दाउरा वितरण गरिरहेको डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले बताए ।

सामुदायिक वनहरुसंग समन्वय गरेर वनले दाउरा वितरण गरेपछि सशस्त्र प्रहरीले जिल्लाकोे विभिन्न पालिकामा आगो बाल्ने काम गरिरहेको छ  ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार