कोहलपुर जेसीजकी कृतिका आचार्य दोस्रो



कोहलपुर ।

‘कोरोना भाइरस कोभिड–१९ नियन्त्रणमा युवाको भुमिका’ बिषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । बेलबारी जेसीजको  आयोजनामा अनलाइन मार्फत देशव्यापी रुपमा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा पथरी जेसीजकी एलिना दियाली प्रथम, कोहलपुर जेसीजकी कृतिका आचार्य दोस्रो र चक्रघट्टी जेसीजबाट प्रतिनिधित्व गर्ने प्रेम बस्नेतले तेस्रो स्थान हासिल गरेका थिए । युवाहरुलाई विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा अग्रसरता गराउनको लागि प्रतियोगिताको आयोजना गरिएको कोहलपुर जेसीज वर्ष २०२० का अध्यक्ष संगम खनालले जानकारी दिए ।

उनका अनुसार उक्त प्रतियोगितामा देशभरीका १ सय ५४ वटा शाखाको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेहरुले क्रमश ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाउँनेछन् ।

देशभित्र नै विभिन्न चरणमा जेसीजले गर्ने यस्ता खाले प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने केहीहरुलाई विदेशमा हुने कार्यक्रममा समेत सहभागिता जनाउने अवसर पाउँने कोहलपुर जेसीजका अध्यक्ष खनालले जानकारी दिए । कार्यक्रममा सहभागिहरुले अनलाइन मार्फत नै आफ्ना आफ्ना प्रस्तुतीहरु राखेका थिए । बिजेता पनि अनलाइन मार्फत नै घोषणा गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ३ गते बुधबार