रुकुम, १५ मंसिर/ पश्चिम रुकुमका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक-एक मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ ।
बाँफीकोट गाउँपालिका- ५ को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको र आठबिसकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मतदान हुने मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।
१० मंसिरमा भएको पहिलो चरणको निर्वाचनका क्रममा मतपेटिकामा एसिड हालिदिँदा मतपत्र जलेपछि स्थगित भएका केन्द्रमा पुनः मतदान हुन लागेको हो ।
बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत र आठबिसकोटको मतपेटिकामा ३०३ मत खसेका बेला मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठबिसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्