हुम्ला १५ मंसिर/   सिमाकाेटमा पंच वर्षीय नविकरणीय यर्जा योजना तयार भएको छ । पाँच वर्षसम्म कार्यान्वयन गरिने सो योजनावाट ७ वटा जलविधुुत आयोजना र २ वटा सोला प्यानल जडान हुने भएका छन् । भने त्यसवाट ५ सय किलोवाट देखि एक मेघावाटसम्म विधुुत उत्पादन गर्न सकिन बताइएको छ ।

गाँउपालिकामा नविकरणीय उर्जाका लागि भएको संभाव्यता अध्ययन गरि पंच वर्षीय योजना तयार भएको र सो माथि छलफल गर्न जिल्लाका सरोकारवालाहरु संग समन्वय वैठक वसेको जिल्ला प्राविधिक कार्यालयका इन्जिनीयर देवि ऐडीले बताए ।

जिल्ला समन्वय समितिका प्रमुुख दान वहादुर रावतको अध्यक्षतामा वसेको वैठकले नेपाल विधुुत प्राधिकरण एन.ई.ए इन्जिनीयरीङ प्राईभेट कम्पनीद्धारा हुम्ला जिल्लाका सात वटै गाँउपालिकाहरुमा संभावित नविकरणीय उर्जा अन्र्तगत जल विधुुत आयोजना तथा सोलार प्यानल निर्माणका लागि गरिएको संभाव्यता अध्ययन प्रतिवेदन माथि छलफल भएको इन्जिनीयर ऐडीले बताए ।

कम्पनीले पंच वषर््ािय योजनामा ७ वटा स्थानमा जलविवधुुत आयोजना र २ वटा स्थानमा सोलार प्यानल निर्माणका लागि प्रस्तावित गरेको उनल बताए ।