नेपालगन्ज १३ मा बालमैत्री स्थानीय शासन बारे अभिमुखिकरण



बाँके ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का बालबालिकाहरुलाई बालमैत्री स्थानीय शासन बारे अभिमुखिकरण तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका १३ नम्बर वडा कार्यालयको सहयोग तथा नाइस नेपालगन्जको आायेजनामा असार १३ गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण पश्चात बोल्दै वडा अध्यक्ष सुरेश सिंह ठाकुरले बालमैत्री स्थानीय शासन अवको आवश्यकता भएको बताए । उनले बालबालिकाहरुको चौतर्फि विकासका लागि क्षमता अभिबृद्धी र उत्प्रेरणा आवश्यक रहेको बताए । वडालेबालबालिकाको क्षमता अभिबृद्धी तथा शैक्षिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको बताउदै सक्रिय भएर काम गर्न वाल क्लबका पदाधिकारीहरुलाई अनुरोध गरे ।

बालमैत्री स्थानीय शासन बिषयक अभिमुखिकरणले बालबालिकालाई बालमैत्री अभियानको आधारभुत जानकारी हुनुका साथै शैक्षिक सहयोगले अध्यापनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । उनले सहभागि बालबालिकाहरुलाई सिकेको कुरा ब्यवहारमा लागु गर्न अनुरोध गरे ।
वडा नम्बर १३ वाल क्लबका आबद्ध २० जना बालबालिकाहरुको सहभागिता रहेको अभिमुखिकरणमा बालमैत्री सथानीय शासनका विभिन्न बिषयमा नाइस नेपालगन्जमा अध्यक्ष हेमराज भट्टले प्रशिक्षण गरेका थिए ।

नाइस नेपालगन्जका उपाध्यक्ष शोभा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य नाइस नेपालगन्जका सदस्य शुद्ध प्रसाद चौधरीले गरेका थिए भने कार्यक्रमको उद्धेश्यमाथि प्रकाश नाइस नेपालगन्जका सदस्य राष्टि बुढा मगरले गरेका थिए । अभिमुखिकरण पश्चात प्रतिक्रिया राख्दै तालिमका सहभागि बालबालिकाहरुले अभिमुखिकरणबाट बालमैत्री स्थानीय शासनका बिषयमा धेरै जानकारी हासिल भएको बताएका थिए । उनीहरुले अबको दिनमा बालख क्लबलाई सक्रिय बनाउदै अगाडी बढाउने प्रतिबद्धता गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १३ गते शनिबार