काठमाडौँ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा ‘सिटिजन्स डिजिटल मन्थ उत्सव’ भव्यताका साथ मनाउने भएको छ । बैंकले १९औँ वार्षिकोत्सवको अवसरमा ‘सिटिजन्स डिजिटल मन्थ उत्सव’ १९औँ वार्षिकोत्सव सेलिब्रेसन क्याम्पेन २०८३ मनाउने तयारी गरेको हो ।
२०८३ वैशाख महिना भर सञ्चालन हुने विविध कार्यक्रमहरू र छुटले आफ्ना ग्राहकहरूलाई विभिन्न सेवा सुविधामा विशेष छुट प्रदान गर्ने भएको छ । सो अवधिमा बैंकका ग्राहकहरूले आफनो निष्क्रिय डेबिट कार्डलाई पिओएस वा ई–कमर्श ट्रासक्याक्सनमार्फत सक्रिय गराएमा कारोबार रकमको १९ प्रतिशत वा अधिकतम १९० रूपैयाँ क्यास व्याक, मोबाइल बैंकिङ अथवा डिजी बैंकमार्फत ई–कम कार्ड अनुरोध गरेमा एसुरेन्स चार्जमा ५० प्रतिशत छुट दिने भएको छ ।
निष्क्रिय व्यवसायिक क्युआर भएका ग्राहकहरूले आफनो क्युआर सक्रिय गराएमा कारोबार रकमको १९ प्रतिशत अधिकतम १९० रूपैयाँँ क्यास व्याक, होटल तथा रेष्टुरेन्टहरूमा पोस मेसिन जडान गर्दा कारोबार शुल्कमा निश्चित प्रतिशत छुट, मोबाइल बैंकिङ अथवा डिजी बैंकमार्फत लकर सुविधा अनुरोध गरेमा वार्षिक शुल्कमा ५० प्रतिशत दिने बैंकले जनाएको छ ।
पारिवारिक सदस्यहरूको नयाँ खाता रेफर गरेमा प्रतिखाता १०० रूपैयाँ क्यास व्याक, मोबाइल बैंकिङमार्फत इन्टरनेसनल रेमिटेन्सको रकम भुक्तानी लिएमा २०० क्यास व्याक जस्ता सुविधाहरू प्रदान गर्ने भएको छ । यी सबै कार्यक्रमहरू बैंकले आफ्नो वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाउन र डिजिटल कारोबार थप प्रवद्र्धन गर्ने उद्देश्यले ल्याएको हो ।
यससँगै सिटिजन्स फोनेपे क्रेडिट कार्डमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुट अफर समेत घोषणा गरेको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’ र सिटिजन्स डिजी बैंक सेवा नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ नामक नयाँ बचत खाता सुरू गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्युआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरूबाट २० लाख ११ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्