काठमाडौँ ।
सामसङ नेपालले ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अफर ल्याएको छ । यो अफर अप्रिल १ देखि मे १४ सम्म लागु हुने कम्पनीले बताएको छ । विश्वकै नम्बर १ भिजन एआई टिभी र बिस्पोक एआई होम एप्लायन्सहरूमा आकर्षक अफरहरूका साथ आफ्नो जीवनशैलीलाई सजिलो बनाउन र घरलाई अझ स्मार्ट बनाउन कम्पनीको अनुरोध छ ।
यस क्याम्पेनअन्तर्गत सामसङले टिभीमा २५ प्रतिशतसम्मका छुट, वाशिङ मेसिनमा २३ प्रतिशतसम्मका छुट र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्मका छुट उपलब्ध गराएको छ । कम्पनीका अनुसार नयाँ वर्षको सुरुवातमै घरका आवश्यक उपकरणहरू अपग्रेड गर्न चाहने परिवारका लागि यो निकै उपयोगी अफर हो ।
यस अफरलाई अझ आकर्षक बनाउन टिभी किन्दा ३ हजार रूपैयाँ बराबर १२ महिनासम्मको नेटटिभी प्याकेज निःशुल्क उपलब्ध छ । त्यसैगरी, वाशिङ मेसिनको खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक पक्का उपहारको रूपमा निःशुल्क पाइन्छ । अब नयाँ २४ महिना इएमआई योजनासँग सामसङका प्रिमियम टिभी र होम एप्लायन्सहरू अझै बजेटमैत्री भएका छन् ।
ग्राहकहरूले ५० हजार रूपैयाँभन्दा माथिका नयाँ होम एप्लायन्सहरू ४० प्रतिशत डाउनपेमेन्ट गरेर सजिलै अपग्रेड गर्न सक्छन् । यो नयाँ योजनाले १२ महिना इएमआईको तुलनामा महिनाको किस्ता झण्डै आधा बनाउँछ जसले ग्राहकलाई बढी लचिलोपन दिन्छ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित, सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले १२ महिना इएमआई योजनामा शून्य प्रतिशत ब्याजदरमा उपकरणहरू खरिद गर्न सक्छन् ।
कम्पनीका अनुसार २४ महिना इएमआई विकल्पमा भने ७.९९ प्रतिशत अतिरिक्त ब्याज लागु हुन्छ । साथै, नयाँ सामसङ टिभी र होम एप्लायन्सहरूमा अपग्रेड गर्न चाहने ग्राहकहरूले अर्कोस्टोरमार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन् ।









प्रतिक्रिया दिनुहोस्