कोहलपुर ।
बजाज कम्पनीको कोहलपुरमा रहेको आधिकारीक विक्रेता पानस अटो मोटर्स प्रालिले इलेक्ट्रिक ‘बजाज विगो’ अटो बजारमा ल्याएको छ । आइतबार कोहलपुरमा प्रालिले इलेक्ट्रिक ‘बजाज विगो’ अटो सार्वजनिक गर्दै बजारमा ल्याएको हो । बजाजको इलेक्ट्रिक ‘बजाज विगो’ अटोको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराइले सार्वजनिक गरेका हुन् ।
बजाज आफैँमा ब्राण्ड रहेको बताउँदै उनले आधिकारिक विक्रेता पानस ग्रुप उत्तिकै भरपर्दाे रहेको बताए । पानस अटो मोटर्स प्रालिले विश्वासनीय र गुणस्तरीय इलेक्ट्रिक अटोहरू बजारमा ल्याउने गरेको भन्दै उले प्रशंसा गरे । पानस ग्रुप विश्वासनीय रहेको बताउँदै उनले अबको युग इलेक्ट्रिकको रहेको उल्लेख गरे ।
अटोहरूको मात्र नभई निजी क्षेत्रको समेत पानस ग्रुप विश्वासिलो रहेको भन्दै उनले पेट्रोलियम सवारीसाधनलाई नै विस्थापित गर्ने गरेर इभीले पछिल्लो समय विभिन्न भर्जन ल्याएर क्रान्ति गरिहेको बताए । ‘नयाँ प्रविधि पुरानै भरोसा’ भन्ने मूल नाराका साथ बजाजको इलेक्ट्रिक ‘बजाज विगो’ अटो अब बजारमा उपलब्ध हुने पानस ग्रुप अटो मोटर्स प्रालिका प्रबन्धक ज्ञानेन्द्र खनालले बताए ।
अटोमा १७० अधिक्तम माइलेज, साढे ३ घण्टामा ८० प्रतिशत चार्ज, इको र पावर मोडका साथै फराकिलो सिटको व्यवस्था रहेको उनले बताए । धेरै लामो समयदेखि बजाजका इलेक्ट्रिक मोटर्सहरू बिक्री वितरण गर्दै आएको भन्दै उनले नेपालको पहिलो इलेक्ट्रिक अटो रहेको र सुविधाहरू पनि धेरै रहेको बताए ।









प्रतिक्रिया दिनुहोस्