‘ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग’ अभियान सार्वजनिक



काठमाडौँ ।

विश्वव्यापी स्मार्टफोन ब्रान्ड ओप्पोले आगामी नेपाली नयाँवर्षलाई लक्षित गर्दै ‘ओप्पो नयाँवर्ष, नयाँ उमङ्ग’ अभियान सार्वजनिक गरेको छ । यस अभियानमार्फत देशभरका ग्राहकलाई साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिनुका साथै बम्पर पुरस्कार पनि प्रदान गरिनेछ । नेपाली नयाँ वर्षलाई स्वागत गर्दै सञ्चालन गरिएको हो ।

यो अभियान चार हप्तासम्म चल्नेछ । अभियान अवधिमा ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लक्की ड्रमा सहभागी भई विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । यस अभियानको उद्देश्य चाडपर्वको उत्साहलाई अझ बढाउनुका साथै ब्रान्डप्रति ग्राहकहरूले देखाउँदै आएको निरन्तर विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नु रहेको कम्पनीले जनाएको छ ।

अभियान अवधिभर प्रत्येक हप्ता एक जना भाग्यशाली ग्राहकलाई साप्ताहिक लक्की ड्रमार्फत ओप्पो ए६ स्मार्टफोन प्रदान गरिनेछ । लक्की ड्र तालिकाअनुसार पहिलो हप्ता चैत ८ (आइतबार), दोस्रो हप्ता चैत १५ (आइतबार), तेस्रो हप्ता चैत २२ (आइतबार) र चौथो हप्ता चैत २९ (आइतबार)मा लक्की ड्र सञ्चालन हुनेछ । जसअन्तर्गत प्रत्येक हप्ता एक–एक वटा ओप्पो ए६ स्मार्टफोन प्रदान गरिनेछ ।

पारदर्शिता कायम राख्न तथा जनविश्वास सुनिश्चित गर्न लक्की ड्र कम्पनीका आधिकारिक सामाजिक सञ्जाल प्लेफर्महरुमार्फत भिडिओ लटरी प्रणालीद्वारा सञ्चालन गरिनेछ । विजेता छनोट प्रक्रिया सार्वजनिक रुपमा साझा गरिनेछ । जसबाट ग्राहकहरुले विजेता कसरी छनोट गरिन्छ भन्ने स्पष्ट रुपमा अवलोकन गर्न सक्नेछन् ।

ओप्पो नेपालका अनुसार नेपाली नयाँवर्ष नवीनता, उत्सव र नयाँ सुरुवातको प्रतीक हो । ‘ओप्पो नयाँवर्ष, नयाँ उमङ्ग’ अभियानमार्फत कम्पनीले आफ्ना ग्राहकसँग उत्सवको खुसी साटासाट गर्न, अविस्मरणीय अनुभव सिर्जना गर्न तथा उनीहरूको निरन्तर समर्थनप्रति धन्यवाद व्यक्त गर्न चाहेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार