सामसङ नेपालले ल्यायो होली अफर



काठमाडौँ ।

सामसङ नेपालले होलीको अवसरमा आफ्ना होम अप्लायन्सहरूमा विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले वासिङ मेसिन र रेफ्रिजिरेटरको खरिदमा आकर्षक छुट, क्यासब्याक र एक्सचेन्ज बोनससहितको योजना घोषणा गरेको हो । फेब्रुअरी १ देखि मार्च १४,२०२६ सम्म देशभर लागू हुने यस अफरले नयाँ उपकरण किन्न चाहने ग्राहकलाई ठूलो राहत दिने देखिएको छ ।

अफरअन्तर्गत ७ देखि १२ केजीसम्मका ए–आइ इकोबबल वाशर ड्रायर, फ्रन्ट–लोड र सेमी–अटोमेटिक टप–लोड वासिङ मेसिनहरूमा ग्राहकले अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । त्यसैगरी रेफ्रिजरेटरतर्फ पनि कम्पनीले छुटको व्यवस्था गरेको छ । सिंगल डोर, डबल डोर र साइड–बाई–साइड रेफ्रिजरेटरको खरिदमा १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइएको छ ।

सामसङका वासिङ मेसिनमा डिआइटी मोटरमा २० वर्षको वारेन्टी र भोल्टेज फ्लक्टुएसनबाट हुने जोखिम कम गर्न ४०० भोल्टेजसम्मको सुरक्षा कवच रहेको छ । फ्रिजमा पनि ३०० भोल्टेजसम्मको सुरक्षा प्रणाली जडान गरिएको छ जसले गर्दा उपकरणको टिकाउपनमा ढुक्क हुन सकिन्छ । यी सबै मोडेलहरूमा कम्पनीले निःशुल्क जडान (इन्स्टलेसन)को सुविधा समेत दिने बताएको छ ।

यसका साथै नयाँ सामसङ होम अप्लायसहरूमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर वा नेपालभरिका अधिकृत सामसङ रिटेल स्टोरहरूमार्फत् आफ्ना पुराना उपकरणहरू साट्न सक्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार