नेकपा एमाले बाँकेको भातृ संगठन अनेरास्ववियू बाँकेको अध्यक्षमा दिनेश केसी चयन भएका छन् । आइतबार सम्पन्न १९ औँ अधिवेशनबाट केसी बाँके अध्यक्षमा चयन भएका हुन् ।
यसअघि उनी बाँके अनेरास्ववियूको संयोजक थिए । आइतबार सम्पन्न अधिवेशन मार्फत उनको नेतृत्वमा ४७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।
पार्टी फुटेपछि बाँकेमा पनि अनेरास्ववियू फुटेको थियो । अध्यक्षमा चयन भएका केसी विद्यार्थीहरुमा लोकप्रिय मानिन्छन् ।
प्रकाशित मिति : २०७८ फागुन १ गते आइतबार
प्रतिक्रिया दिनुहोस्