नवौ मेयर कप तथा अठारौं राष्ट्रपति रनिङ शिल्ड आजदेखि



कोहलपुर ।

आजदेखि नवौं मेयर कप तथा १८औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगिता सुरू हुदैँछ । प्रतियोगिता कोहलपुर नगरपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालय कौशिलानगरको खेलमैदान १२ बजेदेखि सुरू हुने भएको हो । प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले गर्ने प्रतियोगिताका संयोजक चक्र चिमाला क्षेत्रीले बताए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रम दिउँसो साढे १२ बजे रहेको उनले जानकारी दिए । प्रतियोगिताको पूर्वसध्यामा पत्रकार सम्मेलनमा बोल्दै संयोजक क्षेत्रीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । प्रतियोगितामा ४३ वटा माध्यमिक विद्यालय र १० वटा आधारभूत विद्यालयले सहभागिता जनाउले उनले बताए ।

माध्यमिक र आधारभूत विद्यालय गरेर जम्मा १ हजार ८ सय ५८ छात्रछात्रा खेलाडीहरु सहभागीता जनाउने छन् । माध्यमिक तहतर्फ छात्रा ४ हजार ९१ , छात्र ६ सय ३६ गरेर १ हजार १ सय २७ र आधारभूतत तहतर्फ छात्रा २ सय ९७, छात्र ४ सय ३४ गरेर ७ सय ३१ विद्यार्थी सहभागी हुने भएका हुन् ।

प्रतियोगितामा एथलेटिक्स, मार्सल आर्टस, भलिबल,कवडी, लगायतका विभिन्न विधालयहरुमा खेलाडीहरुले सहभागीता जनाउने प्रतियोगिता सदस्य सचिव दिलिप वलीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता आजदेखि २९ गतेसम्म सञ्चालन हुने भएको हो ।

यस्तै,कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोज ईश्वरीप्रसाद विश्वकर्माले प्रतियोगिताले विद्यार्थीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने विश्वास लिएको बताए । उनले विद्यार्थीहरुका लागि जिल्ला र राष्ट्रिय स्तरसम्म पुग्ने अवसर समेत रहेको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २५ गते बिहीबार