विद्यार्थीलाई शैक्षिक सामग्री र अभिभावकलाई खाद्यान्न



कपिलवस्तु ।

कपिलवस्तु नगरपालिका वडा नं ९ हरनामपुरस्थित श्री राम जानकी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक, टोपी, स्वीटर, कपी, कलम, झोला, पेन्सिल वितरण गरिएको छ भने अभिभावकहरूलाई चामल र तेल उपलब्ध गराइएको छ । कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले यस्ता सहयोगी कार्यक्रमहरूले बालबालिकाको पढाइमा उत्साह थप्ने र समाजलाई सकारात्मक दिशामा लैजाने बताए ।

विद्यार्थीहरूलाई शैक्षिक सामग्री र अभिभावकहरूलाई खाद्यान्न उपलब्ध गराइएको कार्य प्रशंसनीय योग्य रहेको उनले बताए । पौडेलले नगरपालिकाले प्रत्येक घरधुरीलाई स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको जानकारी दिँदै उक्त सुविधाबाट सबैले लाभ लिन आग्रह गरे ।

कार्यक्रममा चुजी फाउन्डेसन नेपालका ब्रो विलियम याङले कपिलवस्तुमा निरन्तर सामाजिक सेवा गर्दै आएको उल्लेख गर्दै शिक्षामै आधारित कार्यक्रमलाई प्राथमिकतामा राखिने बताए । समाजसेवी छेदनी थारूले विद्यालयका लागि अक्षयकोष स्थापना गर्न १ लाख १ हजार १०५ रूपैयाँँ सहयोग गर्ने घोषणा गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १८ गते बुधबार