कोहलपुर ।
इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ गरेको छ । प्रहरीले आफ्नै बुवालाई कर्तव्य गरी हत्या गरेर फरार रहेका बैजनाथ गाउँपालिका वडा नम्बर २ मकैबारीका ३२ वर्षीय भबिलाल भन्ने भुपेन्द्र रोकायलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बैजनाथ २ मकैबारीका ६० वर्षीय टोपबहादुर रोकायलाई हत्या गरी फरार रहेका उनका छोरा भुपेन्द्र रोकायलाई आइतबार पक्राउ गरिएको जानकारी दिइन् । प्रनाउ खनालका अनुसार गत असार २१ गते बेलुका साढे सात बजेको समयमा आफ्नै घरमा टेलिभिजन हेर्ने विषयमा विवाद हुँदा भुपेन्द्रले आफ्ना बुवा टोपबहादुरलाई तिखो काठको दाउरा र धारिलो हतियारले टाउको र निधारमा हानी घटनास्थलमै हत्या गरेर फरार रहेका थिए ।
तत्पश्चात् कोहलपुर प्रहरीले भुपेन्द्रको खोजतलास कार्य जारी राखेको थियो । भुपेन्द्रलाई आइतबार दिउँसो २ बजेको समयमा बैजनाथ २ मकैबारीमा लुकीछिपी बसेको अवस्थामा फेलापारी नियन्त्रणमा लिएर कर्तव्य ज्यानसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान सुरु गरेको कोहलपुर प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्