घरायसी प्रयोजनका लागि भनेर छुट दिँदै जाने हो भने नेपाली व्यापारीहरू मर्कामा पर्ने, दैनिक करोडौँ रूपैयाँ विदेशिने अवस्था रहेकोले भन्सारसम्बन्धी नियम पालनामा कडाइ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्जको जमुनाह नाकामा यात्रुहरूले बोकी ल्याउने सामानमा भन्सार नियम पालना गराउन कडाइ गरिएको छ । सीमावर्ती भारतीय बजार रूपैडिहाबाट खरिद गरी ल्याउने कुनैपनि सामान भन्सार नतिरी नेपाल प्रवेश गर्न नदिन सुरक्षा निकाय र भन्सारलाई निर्देशन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए ।
एक सय रूपैयाँभन्दा बढीको सामानमा भन्सार लाग्ने नियम भएपनि घरायसी प्रयोजनका लागि भनेर सामान खरिद गरी ल्याउनेहरूलाई जमुनाह नाकामा खटिएको प्रहरीले व्यवहारिकताका आधारमा छुट दिँदै आएको बताउने गरेको थियो । प्रहरीलाई भरायासी प्रयोजनका लागि होइन भन्ने लागेमा मात्रै भन्सार तिर्न लगाइन्थ्यो । यही व्यवस्थामा खेलेर तस्करी मौलाइरहेको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले दबाब दिँदै आएको थियो ।
घरायसी प्रयोजनका लागि भनेर छुट दिँदै जाने हो भने नेपाली व्यापारीहरू मर्कामा पर्ने, दैनिक करोडौँ रूपैयाँ विदेशिने अवस्था रहेकोले भन्सारसम्बन्धी नियम पालनामा कडाइ गरिएको प्रजिअ जोशीले बताएका छन् । उनले उपभोक्ताहरूमा भारतीय बजारमा सस्तो पाइन्छ भन्ने भ्रम रहेको बताउँदै त्यहाँसम्म खरिद गर्न जाँदा लाग्ने लागत र समयको खर्च हिसाब गर्दा नेपालमा जत्तिकै मूल्य पर्नेतर्फ ख्याल गर्न आग्रह गरे । यसका साथै भन्सार नतिरेर सामान उपभोग गर्दा राज्यलाई कर तिर्नुपर्ने दायित्व पालना नहुनेतर्फ ख्याल गर्न उनले उपभोक्ताहरूलाई आग्रह गरे ।
सोमबार जमुनाह नाकामा भेटिएका घरायसी प्रयोजनका लागि भनेर सामान ल्याइरहेका व्यक्तिहरूले भन्सार तिर्नुपरेको मिसन टुडेसँग बताए । त्यसरी भारतीय बजारबाट खरिद गरी ल्याउँदै गरेकाहरूले भन्सार नियम कडाइ गरिएकोमा मिश्रित प्रतिक्रिया जनाएका थिए । कतिपयले नियम पालना गराउनु ठिकै भएको तर प्रहरीको व्यवहार अपारदर्शी रहेको बताए । केही व्यक्तिहरूलाई छुट दिने गरेको र केहीलाई मात्रै भन्सार तिर्न लगाइएको उनीहरूको भनाइ थियो ।
अर्काेतिर केही व्यक्तिहरूले विपन्नहरूका लागि भारतीय बजार पुगेर केही रूपैयाँ सस्तोमा सामान खरिद गरी ल्याउनु बाध्यता भएकोले त्यसतर्फ पनि ख्याल गरेर घरायसी प्रयोजनका लागि छुट दिनुपर्ने धारणा राखे ।
तर, घरायसी प्रयोजनका नाममा दैनिक करोडौँ रूपैयाँको सामान नेपालगन्ज भित्रिन्छ भने कतिपय व्यापारीहरूले नै घरायसी प्रयोजनका नाममा अवैद्य तस्करी गराउँदै आएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले भने भन्सार नियम पालनामा कडाइ गर्न माग गर्दै आएको छ ।
जमुनाह नाकामा भन्सारको यात्रु शाखा छ । तर उक्त शाखा चुस्त र व्यवस्थित नहुँदा पनि भन्सार नियम पालना गराउनमा लापरबाही हुँदै आएको छ । यसका साथै भन्सार नियम पालना गराउन खटिने सशस्त्र प्रहरीले पनि नियममुताविकको जिम्मेवारी पालना गराउन सक्रियता नदेखाउने गरेको छ । केही महिना कडाइ गरिए जस्तो गरेपनि पुनः छुट दिइने गरिएको छ ।
नेपालगन्ज भन्सारका प्रमुख जनार्दन पौडेलले पछिल्ला केही दिनयता भन्सारको यात्रु शाखालाई थप व्यवस्थित बनाउने प्रयास गरिएको बताए । सशस्त्र प्रहरीले नाकामा चिसो पेय पदार्थ, सुर्तीजन्य पदार्थ र गुणस्तर प्रमाणित नभएका तेलहरू भने सिधैं जफत गर्दै आएको छ । त्यसक्रममा प्रहरी र सर्वसाधारणबीच पटक–पटक वादविवाद र तानातानको स्थिति सृजना हुने गरेको छ ।
यात्रु शाखाको स्क्यानर मेसिन मर्मत हुन नसक्ने
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: null;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (0.31527779, 0.61328125);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 39;नेपालगन्ज भन्सार कार्यालयको जमुनाह नाकास्थित यात्रु शाखामा रहेको ‘लगेज स्क्यानर मेसिन’ मर्मत नै गर्न नमिल्ने गरी बिग्रिएको पाइएको छ । भन्सार प्रमुख जनार्दन पौडेलका अनुसार २०७४ सालमा खरिद गरेर ल्याइएको उक्त मेसिन दुई वर्षपछि बन्द भएको थियो ।
बन्द भइसकेपछि मर्मत नगरिएको उक्त मेसिन मर्मतका लागि आफूले राष्ट्रिय आविस्कार केन्द्रलाई आग्रह गरेको र प्राविधिक आई जाँच गर्दा मर्मत गर्न नमिल्ने भनेर प्रतिवेदन दिएको पौडेलले बताएका छन् ।
विशेषगरी हातहतियार, लागूपदार्थ र अवैद्य वस्तुको पहिचान गर्नका लागि भन्सारमा एक्स रे मेसिन जरुरत पर्छ । अहिले जमुनाह नाकामा यी वस्तुको पहिचान गर्न प्रहरीले छामेर र आँखाका भरमा काम गर्नुपरिरहेको छ । जसले सीमा नाकाबाट हुने सुरक्षा संवेदनशीलतालाई बढाइदिएको छ ।
अन्तर्राष्ट्रिय सीमा नाकामा भन्सार परीक्षणलाई पारदर्शी, सरल तथा सहजता दिनका लागि एक्स रे मेसिनको प्रयोग गरिन्छ । जमुनाह नाका हुँदै दैनिक हजारौँको सङ्ख्यामा मानिसहरू आवतजावत गर्ने गर्दछन् । सबैलाई हातैले छामछुम गरेर र आँखाले हेरेर पहिचान गर्नु कठिन हुने गरेको नाकामा खटिएका सुरक्षाकर्मीहरू बताउँछन् ।
भारततर्फ रूपैडिहामा भारतीयको सीमा सुरक्षा बल ‘एसएसबी’ स्क्यानरमा मालसामान जाँच गराउने व्यवस्था छ । एसएसबीले मालसमानको मात्र नभएर व्यक्तिको पनि स्क्यान गर्ने व्यवस्था गरेको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रमुख पौडेलले अब यात्रु शाखाका लागि थप जग्गा अधिग्रहण गरेर व्यवस्थित टर्मिनल भवन बनाउन छलफल अघि बढाइएको बताउँछन् । अहिले सडकमै चेकजाँच हुने गरेको बताउँदै टर्मिनल भवन बनेमा नाका पूर्ण व्यवस्थित हुने र आधुनिक प्रविधिको व्यवस्था गर्दा दीगो पनि हुने उनले बताए । यसका लागि आन्तरिक रूपमा छलफल अघि बढाइएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्