अमेरिकी टेरिफ वार : अन्तिमसम्म लड्न तयार चीन



विगत दुई दशकदेखि चीनको प्रगति अमेरिकालाई असह्य भएको थियो । अमेरिकाले चीनको प्रगतिलाई स्ट्राटेजिक थ्रेटको रूपमा बुझेर नै आक्रमक नीति जस्तै ट्यारिफ अपनाएको हो हिजो । आज यो खेल यति धेरै अगाडि पुगेको छ कि अमेरिका फर्किन्छु भनेर पनि पछाडी फर्किन सक्ने अवस्था छैन । चीन सुतेको बाघ हो यसलाई नब्युँझाउ सुत्न देउ नेपोलियनले भनेका थिए कुनैबेला । अमेरिकाले सुतेको बाघलाई ब्युँझाएन मात्रै अब उ त्यही बाघसँग भिड्न खोजिरहेको छ ।

सागर गैरे ।

त्यसो त यो लडाइँ अन्तिम पनि होइन सुरूवात पनि होइन । यो लडाइँ अन्तर्राष्ट्रिय राजनीतिमा को शक्तिशाली हुने भन्ने लडाइँको निरन्तरताको एउटा हिस्सा हो । यो लडाइँ दीर्घकालीन शक्ति संघर्षको एउटा चरण मात्र हो । विश्वको झन्डै आधा हिस्सा ओगट्ने ५० ट्रिलियन डलरको जिडिपी भएका विश्वका पहिलो र दोस्रो अर्थतन्त्र मुलुक अमेरिका र चीनको अर्थतन्त्रमा यतिबेला ठूलो टकराव भैइरहेको छ । यस्तो लाग्छ त्यो समुन्द्रमा आएको सुनामी जस्तै छ । अथवा पृथ्वी सतहमा आएको ठूलो स्तरको भूकम्पको कम्पनले जस्तै सिंगो विश्वको व्यापार कम्पायमान भएको छ यतिबेला ।

उनीहरूबीचको टकरावले विश्वभरको व्यापारमा तरंग आएको छ । एकपछि अर्को ठूला सेयर बजारहरू झरिरहेका छन् । अर्थशास्त्रीहरू बजारको विश्लेषण गर्न यति व्यस्त छन् कि कतिबेला कुन देशको अर्थतन्त्रले घुँडा टेक्छ । कुन अन्तर्राष्ट्रिय ब्रान्ड रातारात डुब्छ । कुन ब्रान्ड रातारात बजारमा छाउँछ । बजारमा उत्पन्न हुनसक्ने हरेक उथलपुथल थाहा पाउन मानिसहरू सञ्चारमाध्यमहरूमा झुम्मिईरहेका छन् । अमेरिकाले विश्वभर भन्सार शुल्क बढाएको छ । आजसम्म सबैले अमेरिकालाई लुटे, अब लुट्ने पालो अमेरिकाको हो जस्ता हास्यास्पद अभिव्यक्ती अमेरिकी राष्ट्रपति ट्रम्पले दिइरहेका छन् ।

अमेरिकाले चीनमाथी एकोहोरो भन्सार बढाइरहेको छ र विश्वका बाँकी देशहरूलाई लगाइने घोषणा गरिएको भन्सार शुल्क तीन महिनाको लागि स्थगन गरिएको बताएको छ । विश्व रंगमञ्चमा चीनले अमेरिकाको नाडी छामिरहेको छ, यो अझै कति युद्व लड्न सक्छ भनेर नियालिरहेको छ । अमेरिकाको ईतिहासमा युद्वबाट पछि हट्ने प्रवृत्ती (जस्तो– अफ्गानिस्तान, इराक, भियतनाम ) ले बताउँछ । चीनलाई अमेरिकी ईतिहास राम्ररी थाहा छ । आफ्नो स्वार्थको लागि अमेरिकाले के–के गर्न सक्छ त्यो चीनले राम्ररी बुझेको छ । हिजो सोभियत संघलाई एक्ल्याउन अमेरिकाले आफ्नो हात समातेको चीनलाई थाहा छ । आज आफ्नो बाटोमा चीन तंगारो बनेपछि अमेरिकाले कसरी टेरिफ युद्वको बैशाखी टेकेको छ त्यो पनि चीनले राम्ररी बुझेको छ ।

जब खेलका सबै नियमहरू थाहा हुन्छ , त्यहाँ चाल चल्नुको आनन्द पनि बेग्लै हुन्छ । अमेरिकाले चालेका हरेक चालहरू र आगामी दिनमा उसले चाल्न सक्ने स्टेपहरूको पूर्वानुमान गरेको चीनले बितेका चार वर्षदेखी अमेरिकासँग भिड्ने रोडम्याप बनाएरै बसेको थियो भन्दा अतिशयोक्ती हुने छैन् । उसले आफ्नो जनशक्ति, प्रविधिमा दक्षता र आत्मनिर्भरताको बलमा अमेरिकी वर्चस्वलाई चुनौती दिँदैछ । जुन उसको दिर्घकालिन राष्ट्रिय नीति नै बनेको थियो ।
विगत दुई दशकदेखि चीनको प्रगति अमेरिकालाई असह्य भएको थियो । अमेरिकाले चीनको प्रगतिलाई स्ट्राटेजिक थ्रेटको रूपमा बुझेर नै आक्रमक नीति जस्तै ट्यारिफ अपनाएको हो हिजो । आज यो खेल यति धेरै अगाडि पुगेको छ कि अमेरिका फर्किन्छु भनेर पनि पछाडी फर्किन सक्ने अवस्था छैन ।

चीन सुतेको बाघ हो यसलाई नब्युँझाउ सुत्न देउ नेपोलियनले भनेका थिए कुनैबेला । अमेरिकाले सुतेको बाघलाई ब्युँझाएन मात्रै अब उ त्यही बाघसँग भिड्न खोजिरहेको छ ।
यो लडाइँ अन्तिम होइन तर दीर्घकालीन शक्ति संघर्षको एउटा चरण मात्र हो । अमेरिका चीनलाई आफ्नो सबैभन्दा ठूलो आर्थिक शत्रु मान्दछ । अमेरिकाको ठाउँबाट हेर्दा चीनले एकदिन मलाई उछिन्छ भन्ने कुरामा कुनै दुविधा थिएन उसलाई । एकदिन चीनले जसरी पनि आफूलाई टप्छ भन्ने मनोदशाबाट उ बिछिप्त छ । चीनसँग जनसांख्यिक लाभ छ, उसको भौगोलिक अवस्थिती महत्वपूर्ण छ । उसको आत्मनिर्भर अर्थतन्त्र र नवीन आविष्कार प्रतिको सचेतनाले चीन रोक्नै नसकिने शक्ति बनिरहेको कुरा अमेरिकाले राम्ररी बुझेको छ ।

अमेरिकाले चीनलाई व्यापार र अन्य कुनै पनि क्षेत्रमा रोक्न नसकेपछी ट्यारिफ युद्वको साहारा लिएको कुरा सिंगो विश्वले बुझेको छ । अमेरिकाले चिनियाँ उत्पादनमा १४५ प्रतिशत ट्यारिफ लगाएर चीनको निर्यात प्रणालिलाई निशाना बनाएको छ । यसले चीनको मेक ईन चाईना २०२५ र प्रविधि क्षेत्र जस्तै सेमिकन्डक्टरमा प्रभुत्व कायम गर्ने योजनालाई बाधा पु¥याउने प्रयास गरेको छ । हरेक कुराको सीमा हुन्छ । भनिन्छ, अति भएपछी त्यसले खती गर्छ । चीन अमेरिका व्यापार युद्वले पनि विनासको सीमा छुन थालेको छ । यदि दुई देशका विवादले सीमा नाघ्यो भने त्यो युद्वमा परिणत हुनबाट कसैले रोक्न सक्दैन ।

लाग्दैन कि अमेरिका चीन सँग युद्व गर्न चाहन्छ । चीनसँग कुन आधारमा सौदा गर्न खोजेको छ त अमेरिका, अहिलेको प्रमुख सवाल यहि हो । के अमेरिकी व्यापार घाटा, प्रविधि चोरी वा ताईवान जस्ता रणनीतिक मुद्दाहरूमा केन्द्रीत छ यो ट्यारिफ वार ? के अमेरिकी ट्यारिफले चीनलाई आर्थिक र सैन्य रूपमा कमजोर पार्छ वा उल्टै चीनले वैकल्पिक बजार (युरोप एशिया ) विकसित गर्न प्रेरित गर्छ ? के अमेरिकी घरेलु उद्योगहरू मजबुत हुनेछन र अमेरिका आत्मनिर्भर हुनेछ । के अमेरिकाको व्यापार घाटाको सोधभर्ना हुनेछ ।

यदि चीनले अमेरिकी दबाबलाई झेल्न सक्यो भने विश्व अर्थतन्त्रमा डलरको वर्चस्व र अमेरिकी प्रभावलाई कति नोक्सान हुन्छ । के चीन विश्वको पहिलो अर्थतन्त्र बन्नेछ ? सवाल अनेक छन् । भोलिको विश्वव्यवस्था कस्तो बन्नेछ स्पस्ट चित्र आईसकेको छैन् । चीन अमेरिकि द्वन्द्व आर्थिक मात्र होइन, प्रविधि, सैन्य र विचारधारामा पनि छ । अमेरिकाले जतिसुकै चीनलाई अवरोध गर्ने प्रयास गरेपनि चीनको उदय रणनीतिक रूपमा अवरुद्ध गर्न गाह्रो छ ।

१. चीन र अमेरिकाको बिग्रदो सम्बन्ध

चीन र अमेरिकाबीचको व्यापार युद्व खतरनाक मोडमा आइपुगेको छ । अमेरिकाले चिनियाँ सामानमा जति कर थोपरेको छ त्यत्तिनै कर चीनले पनि अमेरिकी सामानमा थोपरेको छ । यो व्यापार युद्व कहाँ गएर रोकिन्छ ? कुन देश पहिले झुक्छ ? विश्वभर चासोको साथ हेरिँदै छ । यदि उनीहरूमध्ये कोही पनि झुकेनन् र एक अर्कामाथी कर थोपर्ने क्रम रोकिएन भने चीन अमेरिकी व्यापार युद्व कुन मोडमा पुग्छ होला । अनुमान मात्र गर्न सकिन्छ ।

ट्रम्पले पहिलो कार्यकालमा पनि चीनविरुद्ध भन्सार कर थपेका थिए । ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भए लगत्तै फेब्रुअरी र मार्चमा गरि दुईपटक चीनमाथी १०-१० प्रतिशत कर लगाएका थिए । २ अप्रिलमा पुनः थप ३४ प्रतिशत कर लगाएको थियो अमेरिकाले चीनलाई । योसँगै चीनमाथिको अमेरिकी कर ५४ प्रतिशत पुगेको थियो ।

चीनले पनि आफू कमजोर नभएको कडा प्रतिक्रिया दिँदै प्रतिसोधमा अमेरिकामाथी ३४ प्रतिशत कर लगायो । चीनले प्रतिकार गरेपछी अमेरिकाको पारो तात्तियो । अमेरिकाले चीनले आफूमाथी थोपरेको त्यो कर २४ घन्टाभित्र नहटाए थप कर लगाउने धम्की दियो । चीनले ट्रम्पको अतिरिक्त करका कारण आफूहरूलाई कुनै फरक नपर्ने र आफू अमेरिकासँग अन्तिमसम्म लड्ने बताएपछी अमेरिकाले चीनमाथी थप ५० प्रतिशत कर थोपर्यो । योसँगै चीनबाट अमेरिका आयात हुने हरेक सामानमा अमेरिकाले १०४ प्रतिशत कर लगाउने घोषणा ग¥र्यो । जवाफमा चीनले पनि अमेरिकी सामानको भन्सार शुल्क ८४ प्रतिशत पु¥याएपछी ट्रम्पले बुधबार बिहान २७ चैत्रदेखि लागू हुने गरि चिनियाँ सामानमा लाग्ने भन्सार शुल्क १२५ प्रतिशत पु¥याए ।

हुँदाहुँदा अमेरिकाले चिनियाँ सामानमा १४५ प्रतिशत कर थोपरेको छ भने जवाफमा चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत कर पु¥याएको छ । यो शिलशिला अझै जारी छ । अमेरिकाले चिनियाँ सामानमाथी प्रतिशोध पूर्ण सबैभन्दा बढी भन्सार शुल्क लगाएको छ र बाँकी देशमा बढाइएको रेसिप्रोकल टेरिफ नब्बे दिनका लागि स्थगित गरेको छ । ट्रम्पको करलाई अमेरिकाको भयानक गल्ती बताएको छ चीनले । अमेरिका चीनसँग प्रतिसोध साँध्छ भने चीन हातमा दही जमाएर बस्दैन । अमेरिकासँग जुनसुकै भिडन्तको लागि आफू पूर्ण रूपमा तयार रहेको चीनले बताएको छ ।

अमेरिकाले करलाई हतियारको रूपमा चीनका विरुद्धमा प्रयोग गरेको छ र चीनले पनि अमेरिकाको कर नितिको डटेर मुकाबिला गरेको छ । चीन अमेरिकासँग गिडगिडाएको छैन । उनीहरूले अमेरिका हरेक कदमलाई सुक्ष्मतापूर्वक नियालिरहेका छन । चिनियाँ अधिकारिहरूले भनेका छन्, चीन कसैले घुक्र्याउदैमा धम्क्याउँदैमा डराउने देश नभएको उनीहरूको आशय देखिन्छ । दुवै देश आफ्नो अडानबाट टसको मस हुन चाहन्नन् । देखिने गरि विश्वरंगमन्चमा कसैले पनि आफूलाई कमजोर देखाउन चाहिरहेका छैनन् । यो युद्व दुवै देशको लागि स्वाभिमानको युद्व बनेको छ । जहाँ दुवैलाई युद्व जितेर आफू शक्तिशाली भएको देखाउनु छ । दुवैलाई युद्व जित्नु छ । युद्व हार्न कोही तयार छैन ।

चीन अमेरिका व्यापारमा चीन व्यापारिक हितको हिसाबले माथी छ । उसले अमेरिकामा जति सामान बेच्छ त्यसको एक चौथाई मात्रै अमेरिकाले चीनमा आफ्ना उत्पादन बिक्री गर्दछ । अमेरिका चीनसँगको व्यापार घाटा सन्तुलनमा ल्याउन चाहन्छ । अमेरिकाको नियत चीनलाई थाहा नहुने कुरै भएन । उसले विगतमा कहिले कोभिडको नाममा , कहिले प्रविधि चोरीको नाममा, कहिले मानव अधिकार उल्लंघनको नाममा, कहिले सब्सिडिको नाममा चिनियाँ निर्यातमाथी अवरोध गर्दै आएको ईतिहास छ । त्यसैले चीनले आफ्नो व्यापारको लागि विश्वभरी पूर्वाधारहरू निर्माण गरिरहेको थियो । यसबीचमा उसले आफूलाई प्रविधिमा चुस्त र दुरुस्त राखेको छ । उसलाई थाहा थियो उसको अमेरिकासँग एक न एकदिन युद्व हुनेछ । त्यो व्यापारमा हुनसक्छ । सैन्य क्षेत्रमा पनि हुन सक्छ ।

चीन यी दुवै युद्वको लागि भित्रभित्रै तयारी गरिरहेको थियो । जुनसुकै युद्व भएपनि सबैभन्दा बढी प्रहार चीनले नै सहनुपर्ने अवस्था आउँछ भन्ने कुरा पनि चीनले बुझेको थियो । त्यसैले उसले आफूलाई जस्तोसुकै परिस्थितिको लागि तयारी अवस्थामा राखेको थियो । चीन अमेरिका व्यापारमा चीनसँग अमेरिका जति आश्रीत छ त्यसको तुलनामा चीन अमेरिकी सामानमाथी खासै आश्रीत थिएन । चीनले अमेरिकी बजारको विकल्प खोज्न सक्छ तर अमेरिकाले चीनको विकल्प खोज्न सय देशसँग व्यापार सम्बन्ध बढाएर पनि भरपर्दो विकल्प नबन्न सक्दछ । चीन विश्वभरको कारखाना हो । चीनमा नबन्ने र चीनले बनाउन नजानेको कुनै सामान यो ब्रह्माण्डमा छैन भन्दा सायद फरक नपर्ला पनि ।

यो सबबाट अनुमान गर्न सकिन्छ कि अमेरिकाले चीनविरुद्ध जतिसुकै ठूलो परिमाणमा कर थोपरे पनि त्यसले चीनलाई खासै असर पु¥याउने अवस्था छैन । चीनले अमेरिकाको विकल्पमा बरु पूर्वी एशिया, युरोप, मध्य्यपूर्व, अफ्रिका तिर व्यापार विस्तार गर्न जुट्नेछ तर अमेरिकाको सामु घुँडा टेक्दैन ।

२. चीनलाई दबाब अरुलाई राहत

केही देश अमेरिकासँग करमा पुनरावलोकन गर्न भनिरहेका छन् । अमेरिकाले कसैलाई छोडेको छैन । विश्व तरंगित छ । चीनले जति कडा प्रतिक्रिया दिएको छ भारत मौन छ । युरोप अलिअली बोलेको छ । अमेरिकाले संसारभरका देशका लागि कर थपेको छ । धेरै देशहरू अमेरिकाको खुसामदमा छन । अमेरिका चीनको सम्बन्ध बिग्रिएपछी अमेरिकामा चीनले खाली गरेको ठाउँ लिन सकिने स्वप्नमा छन् उनीहरू ।

अमेरिकाले विश्वका सबै देशमा १० प्रतिशत र ६० देशलाई पारस्परिक भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । उसले सोचेको थियो, यो नीतिबाट उसका सहयोगी र विरोधी देश दुवै बार्तामा आउने छन र उसले सबैसँग सम्झौता गर्नेछ । अरु देश चुपचाप थिए । चीनले अमेरिकी दबाब किन स्विकाथ्र्यो र ? चीन अमेरिकासँग भड्किएपछी उनीहरूले एक अर्कालाई ईतिहासमै कल्पना नगरिएको कर थोपरेका छन । अमेरिकाले चीनसँग सम्बन्ध बिग्रिएपनि बाँकी देशहरूलाई लगाएको अतिरिक्त भन्सार शुल्क नब्बे दिनको लागि रोकेको छ । विश्वभरका देशलाई अतिरिक्त शुल्क स्थगन गरेर चीनलाई भने आकाश छेडिने कर थोपार्नुका पछाडी अमेरिकाका के–के स्वार्थ हुन सक्छन्, विश्वभर चासो बढेको छ ।

चीनले बिआरआईको माध्यमबाट विश्वभर व्यापारिक मार्ग बनाएको छ । चीनले सैन्य बजेट बढाएको छ । चीनले दक्षिणी चीन सागर र ताईवानमा आफ्नो सैन्य गतिविधि बढाएको छ । चीनले आफ्ना उद्योगहरूलाई सब्सिडी दिएर उनीहरूका माल अन्तर्राष्ट्रिय बजारमा सस्तो बनाएर अमेरिकी उत्पादनलाई डुबाउन सहयोग गरिरहेको छ ।

डलर विश्व मुद्रा हो र अमेरिकाले यही डलरको आडमा विश्वभर ब्ल्याकमेल गरिरहेको छ । अमेरिकी अर्थतन्त्र त्यही डलरको शक्तिमा टिकेको छ । डलरकै कारण अमेरिकी अर्थतन्त्र डुब्ने सम्भावना कम छ । चीनले अमेरिकी डलरको शक्तिलाई चुनौती दिँदैछ । उसले कैयौँ देशसँग युवानमा कारोबार गर्न सुरु गरिसकेको छ । विश्वका उदाउँदा राष्ट्रहरूको ब्रीक्स समूह बनाएर ब्रीक्सको साझा मुद्रा बनाउने ध्याउन्नमा छ चीन । यी सब कर्म गर्नुका पछाडी चीनको भित्री मनसुवा हो अमेरिकालाई जसरी पनि पछार्ने रणनिती ।

अमेरिकाले आफूले घोषणा गरेको टेरिफ लागू गर्न तीन महिने सीमा राख्नुको कारण आफ्नो खेमाका वा सहयोगी देशसँग तोकिएको समावधिमा वार्ता गर्न सकियोस भनेर हो । अमेरिका उनीहरूसँग वार्ता र सम्झौता गरेर आफ्नो स्वार्थको सुरक्षित अवतरण गराउन चाहन्छ । विश्वभरका देशसँग वार्ता गर्दै गर्दा उसले चीनसँगको कर भने तत्काल लागू हुने बताएको छ । अमेरिका विश्वभरका देशबाट चीनको व्यापार पुनरावलोकन गर्न वा बिच्छेद गर्न दबाब दिन सक्छ । अर्को भय अमेरिकालाई यो पनि हुन सक्छ कि एकैपटक विश्वभर टेरिफ बढाउँदा विश्वभरको अर्थतन्त्र खल्बलिन सक्दछ जुन उसैको लागि प्रतिकुल हुन सक्छ ।

खासमा चीनको विश्वव्यापी व्यापारमाथिको प्रभुत्व रोक्न र अमेरिकी उद्योगलाई फाईदा पु¥याउन टेरिफ नीति अवलम्बन गरेका हुन ट्रम्पले । अमेरिका चीनसँग ठूलो व्यापार घाटामा छ । उ आफ्नो व्यापार घाटा कम गर्न चाहन्छ । टेरिफ वार पछाडी लुकेको खास अमेरिकी स्वार्थ यही नै हो । चीनले भने अमेरिकाले लगाउने हरेक भन्सार शुल्कको कडा विरोध गर्दै आएको छ । उ एक्लैले अमेरिकी नीतिको विरोध गरिरहेको छ ।

३. चीनले अमेरिकी टेरिफको प्रतिरोधमा के गर्ला ?

चीनसँग अमेरिकी व्यापार युद्वमा जीत हासिल गर्न अनेकन उपायहरू छन । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण अस्त्र हो अमेरिकी सरकारी ट्रेजरी बन्ड । अमेरिकी ट्रेजरी बन्डस विश्वभरमा सबैभन्दा सुरक्षित लगानी मानिन्छ । अमेरिकाको पहिलो ऋणदाता जापान र दोस्रो ऋणदाता चीन हो । चीनले ८०० अर्ब डलरभन्दा बढिको अमेरिकी सरकारी ट्रेजरी बन्डको स्वामित्व आफूसँग राखेको छ ।

यदि चीन अमेरिका व्यापार युद्व चर्किदै गयो र चीनले ठूलो घाटा बेहोर्ने स्थिती आएको खण्डमा अमेरिकी सरकारी बण्डलाई हतियारको रूपमा प्रयोग गर्न सक्नेछ । यदि चिनले एकैपटक ठूलो मात्रामा अमेरिकी बण्ड बेच्न थाल्यो भने यसले अमेरिकी बन्डको मूल्य घटाउँछ र अमेरिकी ब्याजदर बढाउँछ । त्यसै पनि ऋणको जालोमा फसेको अमेरिका थप ऋणको खाडलमा पर्नेछ । जुन उसको बसको कुरा हुनेछैन आफ्नो अर्थतन्त्र भत्किनबाट रोक्नको लागि ।

त्यसो त अमेरिकी टेरिफ चीनलाई व्यापारिक तनाव दिने र उसको आर्थिक प्रभावलाई कमजोर पार्ने प्रयास मात्र हो । चीनले अमेरिकी टेक कम्पनिलाई चीनमा प्रतिबन्ध लगाउन सक्नेछ । हालै चीनले अमेरिकी १२ बढी कम्पनिलाई सामान निर्यातमा नियन्त्रण गर्न आदेश दिएको छ । त्यस्तै ६ वटा कम्पनिलाई अविश्वसनिय भन्दै चीनमा व्यापार र लगानी गर्न प्रतिबन्ध लगाएको छ । योसँगै चीनले विश्व व्यापार संगठनमा अमेरिकाले आफूमाथी लगाएको प्रतिशोधी भन्सार शुल्क विरुद्ध उजुरी समेत गरेको छ ।

चीनले अमेरिकी डलरमा निर्भरता घटाउन अरु मुद्रा युवान, युरो, रुबल वा सुनमा कारोबार गर्ने छ । उसले केही वर्षदेखी युवानलाई अन्तर्राष्ट्रिय मुद्रा बनाउने अभियान सुरु गरेको छ । ब्रीक्सलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा जोड दिनेछ । चीनले आफ्नै मुद्रा युवानलाई मूल्य घटाएर पनि आफ्नो निर्यातलाई सस्तो बनाउन सक्नेछ । चीनले युरोप, रुस, अफ्रिका, एशिया र ल्याटिन अमेरिकी देशमा आफ्नो व्यापार बढाउने कोसिस गर्ने छ । उसले अमेरिकी बजारको निर्भरता घटाउन यी देशहरूसँगको व्यापारलाई प्राथमिकता दिनेछ । बेल्ट एन्ड रोड प्रोजेक्टको गति बढाउने छ ।

चीनको जनसङ्ख्या लाभ चीनको सबैभन्दा ठूलो पुँजी हो । चिनियाँ उत्पादनको ८० प्रतिशतसम्म उसको आफ्नै देशमा खपत हुन्छ । उसले आफ्नै नागरिकको आम्दानी बढाउने र प्रविधिमा आत्मनिर्भर हुन प्रयास गर्ने छ । चीनसँग यो टेरिफ युद्वबाट बाहिरिनका लागि अनेकन उपायहरू छन् । जसले चीनलाई आत्मनिर्भरताको बाटो हुँदै विश्वशक्ती राष्ट्र बनाउने हैसियत राख्दछ ।

४. अमेरिकी उपभोक्तालाई सकस

ट्रम्पले भनेका थिए उनी घरेलु औद्योगिक आधारलाई सुदृढ गर्नेछन् । ट्रम्प जस्तै व्हाईट हाउसका धेरै पदाधिकारी चीनलाई वास्तविक खलनायक सोच्दछन् र चीनलाई दण्डित गर्नुपर्ने मान्यता राख्दछन् । उनीहरू चीनसँग भिडन्त नै चाहन्छन् । ट्रम्प सारमा अमेरिकाको राजस्व बढाउन चाहन्छन् । उनी राष्ट्रिय ऋण तिरेर अमेरिकालाई तंग्र्याउन चाहन्छन् । उनले भन्सार शुल्क बढाउँदा अमेरिकाको राजस्व त बढ्ला तर ढाड सेकिने त अमेरिकी जनताकै हो ।

विभिन्न देशले अमेरिकालाई लुटेको अब अमेरिकाले कमाउने र अमेरिकाको ऋणात्मक अर्थतन्त्र अब सुधार हुने ट्रम्पले बताएका छन् । चुनावमा ट्रम्पका नारा जति आकर्षक थिए अहिले ती नारा अमेरिकी उपभोक्तालाई पचाउन गाह्रो पर्ने भएको छ । अमेरिकी उपभोक्ताको रोजाई चिनियाँ उत्पादनमा रहेको छ । अमेरिकाका बाल मार्ट हुन वा अमेजन जुनसुकै स्टोरका ¥याक चिनियाँ सामानले भरिएका हुन्छ । अब चिनियाँ सामानको मूल्य दोब्बरभन्दा माथी पुग्ने छ । अप्रत्याशित मूल्य वृद्धिपछि अमेरिकी उपभोक्ताले ती सामान किन्न सक्ने छैनन् ।

अमेरिका आफैँमा आत्मनिर्भर छैन् । उ आम उपभोक्ताका माग बमोजिमका सामाग्रीहरू विश्वका विभिन्न देशहरूबाट खरिद गर्दछ । चीन उसको सबैभन्दा ठूलो सामान निर्यातकर्ता हो । अमेरिकाले सबैभन्दा धेरै सामान चीनपछि मेक्सिको र क्यानडाबाट किन्छ ।

अमेरिका आफैँमा विश्वको सबैभन्दा ठूलो उपभोक्ता बजार हो । अमेरिकी बजार ग्लोबल ईकोनोमिको इन्जिन मानिन्छ । अमेरिकी उपभोक्ताले गर्ने खर्चबाट अमेरिकी अर्थतन्त्रको ७० प्रतिशत जिडिपी आउँछ । अमेरिकाले विश्वभरबाट सामान आयात गरेर आफ्ना नागरिकका लागि सुविधाजनक अवस्था बनाइदिन्छ । अमेरिकी श्रम मूल्य उच्च छ ।

जस्तो चीनमा न्यूनतम ज्याला प्रतिघण्टा २.५ डलर हुँदा अमेरिकामा त्यत्ती नै समयको ज्याला ७.५ देखि १५ डलरसम्म हुन्छ । अमेरिकाले सस्तो श्रम पर्ने सामान चीन, भारत, बंगलादेश, भियतनाम आदि देशबाट मगाउँछ । आफूले भने उच्च मूल्यका टेक्नोलोजी विश्वभर बेच्दछ । अमेरिकी उपभोक्ताको क्रयशक्ति बढी छ । अमेरिकिले विश्वको ३०% उपभोक्ता बजार नियन्त्रण गर्छन । विश्वको ग्लोबल सप्लाई चेन अमेरिकाको माग अनुसार चल्दछ । विश्वभरका देशले अमेरिकी डलर कमाउन आफ्नो देशमा सस्तो लागतमा सामान उत्पादन गर्छन र अमेरिकालाई बेच्दछन् ।

चीन लगायतका देशले भौतिक वस्तु बनाउँछन र बेच्छन । तर अमेरिका फेसबुक, गुगल, हलिउड फिल्म जस्ता अमुर्त उद्योगबाट मनग्गे कमाउँछ । त्यसैले विश्वभरका उत्पादक आफ्ना सामान अमेरिकामा बेच्न लालायित हुन्छन् । अमेरिकाले हरेक वर्ष तीन ट्रिलियन डलर भन्दा बढी रकमको उपभोग्य सामान आयात गर्छ । चीनको अन्तर्राष्ट्रिय व्यापारको २० प्रतिशत निर्यात अमेरिकामा हुन्छ । यदि अमेरिकी बजार कुनै पनि कारणले गुम्यो भने धेरै चिनियाँ कम्पनिको कारोबार शिथिल हुनेछ ।

त्यसो त अमेरिकी टेरिफले हानी आफ्नै देशका उपभोक्तालाई पर्छ । किनकी चिनियाँ सामानमा १४५ प्रतिशतसम्म कर थोपरिँदा अमेरिकी बजारमा पक्कै महंगीले सीमा नाघ्ने छ । अब चिनियाँ सामान सय डेढ सय प्रतिशतसम्म बढ्न सक्छन् । यसले अमेरिकामै मुद्रास्फीति बढ्ने छ । त्यस्तै अमेरिकाकै सप्लाई चेन बिजनेसको लय बिग्रन सुरु हुनेछ ।

कति देशले चीनमा सामान उत्पादन गरेर मेड ईन चाईनाको सट्टा आफ्नो देशको नाम लेखेर पनि अमेरिकालाई बेच्थे । चीनलाई त्यसै विश्वको कारखाना भनिएको होइन । अमेरिका धेरै हदसम्म चीनमाथी आश्रीत छ । चीनलाई बाईपास गरेर उसले आफ्ना उपभोक्ताको आवश्यकता कदाचित पूरा गर्न सक्दैन । कथंकदाचित उपभोक्ता आन्दोलित भए भने त्यो अमेरिकी सरकारको लागि सबैभन्दा कठिन युद्व बन्ने कुरा अमेरिकी ईतिहास पढ्दा थाहा हुन्छ ।

५. विश्वव्यापी आर्थिक मन्दिको चिन्ता

विश्वका दुई शक्ति राष्ट्र भिडन्तको मुडमा छन् । दुवै राष्ट्र आफ्ना अडानबाट टस का मस भएका छैनन् । उनीहरू तैले सक्ने तँ गर, मैले सक्ने म गर्छु भन्ने मूडमा छन् । विश्वभरका सेयर बजारमा गिरावट आएको छ । कर बढ्दा हरेक बस्तुको मूल्य बढेको छ । अप्रत्याशित मूल्यवृद्धिले उपभोक्ताको क्रयशक्ती कमजोर भएको छ । अस्वस्थ प्रतिस्पर्धाले कम्पनिको मुनाफा घटेको छ र कैयौँ कम्पनी टाट पल्टिएका छन् ।

कति कम्पनिले आफ्नो खर्च धान्न नसकेर उत्पादन कम गरेका छन् । विश्वभर आर्थिक गतिविधिहरू शिथिल भएका छन । अर्थशास्त्रीहरूले विश्व फेरि एकपटक विश्व आर्थिक मन्दिमा जाने चेतावनी दिएका छन् । सन १९३० मा द ग्रेट डिप्रेसन मा पुगेको थियो । सन् १९८० र ९० को दशकमा पनि लगातार विश्वभर आर्थिक संकट देखिएको थियो । सन् २००८ मा अर्को आर्थिक संकट देखिएको थियो जतिबेला अमेरिकी अर्थतन्त्र ध्वस्त हुनबाट चीनले नै बचाएको थियो । अर्को आर्थिक मन्दि कोभिड महामारीको बेलामा देखिएको थियो ।

यी सब संकटमा विश्व अर्थतन्त्र मा नकारात्मक असर परेको थियो । अहिले फेरि विश्वको अर्थतन्त्र फेरि एकपटक मन्दिको किनारमा आईपुगेको छ । विश्व अर्थतन्त्रलाई मन्दिबाट बचाउन उपायहरू त छन् तर कार्यान्वयनको मार्ग सहज छैन् । खासमा अमेरिका चीनसँग व्यापार तोड्न होइन दबाब दिन खोजेको हो । तर, अमेरिकी रबैयाले गर्दा धेरै खेल बिग्रिइसकेको छ । चीन अमेरिका सम्बन्ध तिक्ततातिर लम्किएको छ । उनीहरूको दुईपक्षीय सम्बन्धलाई ट्रयाकमा ल्याउन सबैभन्दा पहिले विश्वासको वातावरण बनाउनुपर्छ । यसको लागि धेरै नै कुटनैतिक पहल थालिनु पर्छ । अनि मात्र विश्व परिस्थिती सहज बाटोमा मोडिने छ ।

चीन अमेरिका द्वन्द्वले विश्वको अर्थतन्त्रलाई धक्का दिएको छ । धेरैले अन्तर्राष्ट्रिय बजारमा सामानको मूल्य बढ्ने र विश्वव्यापी आर्थिक मन्दी बढ्ने अनुमान गरेका छन् । यदि चीन र अमेरिकाको व्यापार युद्व सहमतिमा पुगेन भने बैश्विक मन्दी नआउला भन्न सकिँदैन ।

६. निष्कर्ष

चीन यो युद्वमा भलै केही कमजोर होला तर चीनलाई डुबाउँछु नै भन्छ भने त्यो अमेरिकाको भ्रम मात्र हुनेछ । अमेरिकाको बजार नहुँदा चीनलाई पनि पक्कै केही असहज होला तर उसले अरु बाटोबाट अमेरिकासँगको गुमेको व्यापारको भरपाई गर्नेछ ।

विश्वका जुनसुकै देशसँग चीनको व्यापार नाफामा छ । विश्वका कैयौँ देशहरूको व्यापार घाटामा रहँदा चीन मात्र एउटा त्यस्तो देश हो जसको सबैदेशसँग व्यापार मुनाफामा छ । विश्वका कैयौँ देशहरूले चीनसँग सहकार्य गर्न हात मिलाइरहेका छन् । जबकी विश्व रंगमञ्चमा अमेरिकी चमक हराउँदै गएको छ ।

यो सत्य हो कि यो युद्वले दुवै देशलाई घाटा छ । दुवै देशका नागरिकले यो युद्वबाट शान्ति झेलिरहेका छन् । यो युद्व न चीनले १०० प्रतिशत जित्ने छ न त अमेरिकाले नै जित्नेछ । यो युद्व यही रूपमा कायम रहे दुवै देशको व्यापार ८० प्रतिशतले घट्ने छ । कुनै बेला चीन र अमेरिका ईतिहासका सबैभन्दा ठूला बिजनेस पार्टनर थिए भनेर पढ्नु पर्ने दिन आउन सक्छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ३१ गते आइतबार