बुटवल ।
नेपाल पत्रकार महासंघ रूपन्देहीको ७०औँ स्थापना दिवसमा पत्रकार महासंघ रूपन्देहीले फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही चैत १६ देखि १८ गतेसम्म हुने प्रतियोगिता अन्तर्गत १६ गते मिडिया कप, १७ र १८ गते कर्पोरेट कप प्रतियोगिता हुने सचिव सीपी खनालले जानकारी दिए ।
एफएन जे मिडिया कप फुटसल प्रतियोगिता र संघ संस्थाहरूबीच शाइन रेसुंगा कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गरिएको नेपाल पत्रकार महासंघ रूपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले जानकारी दिए । प्रतियोगिताले सञ्चार संस्थाहरू र पत्रकारहरू बीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने उनले बताए ।
प्रतियोगिताबाट बचत भएको रकम नेपाल पत्रकार महासंघ रूपन्देहीको पत्रकार कल्याणकारी कोष, लेखनवृत्ति कोष, सुत्केरी कोष र खेलकुद पत्रकारिता पुरस्कारको कोषमा राखिने छ । बुटवल– ११ देवीनगरस्थित ग्रीनफिल्ड फुटसल कोर्टमा प्रतियोगिता हुने प्रतियोगिताका संयोजक तथा पत्रकार महासंघका सहसचिव सुमन श्रेष्ठले बताए । कर्पोरेटतर्फ टिम दर्ताका लागि १२ गतेसम्म समय रहेको बताइएको छ ।
उक्त प्रतियोगितामा मिडिया कपका विजेताले १७ हजार ७ सय ७७ र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७ हजार ७ सय ७७ र अन्य विधागत पुरस्कार राखिएको छ । यस्तै प्रतियोगिताको कर्पोरेटतर्फ विजेताले २५ हजार र ट्रफी तथा उपविजेताले १५ हजार र ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि बिमाको व्यवस्था गरिएको छ ।
बुटवल उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक शाइन रेसुंगा डेभलपमेन्ट बैंक, प्रवद्र्धकमा तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिका रहेको पत्रकार महासंघ रूपन्देहीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो ।









प्रतिक्रिया दिनुहोस्