भौगोलिक विविधता तथा बहुजातीय र बहुधार्मिक परिवेशमा विभिन्न भाषाहरू यहाँ बोलिन्छन् । कर्णाली प्रदेशमा विभिन्न जातजातिका मानिसहरूको बसोबास रहेको छ । वि.सं.२०७८ को जनगणना अनुसारका नेपालका १४२ जातजातिमध्ये यहाँ बसोबास गरेका ८० जातजातिको नाम र जनसङ्ख्या जनगणनामा उल्लेख गरिएको छ । तिनका अतिरिक्त केही विदेशी, अन्य र नखुलेका जातजाति पनि यहाँ रहेका छन् ।
प्रा.डा. जीवेन्द्र देव गिरी
१. विषयारम्भ
कर्णाली प्रदेश पहाडी, हिमाली र भित्री मधेस क्षेत्रका दशओटा जिल्लाहरू मिलेर निर्माण भएको छ ।
ती जिल्लाहरूमा सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रूकुम (पश्चिम) र सल्यान जिल्ला पर्दछन् । कर्णाली नदी, भेरी नदी, कान्जिरोवा हिमपर्वत शृङ्खला, राराताल, पञ्चकोसी, काव्रmेविहार, लाटीकोइली, देउती बज्यै, चन्दननाथ, पाचाल झरना, बालात्रिपुरा सुन्दरी, नम्खा गुम्बा, हल्जी गुम्बा, खैराबाङ, छायाक्षेत्र आदि अनेक प्राकृतिक सांस्कृतिक महत्वका स्थान यहाँ रहेका छन् । यहाँको भौगोलिक विविधता तथा बहुजातीय र बहुधार्मिक परिवेशमा विभिन्न भाषाहरू यहाँ बोलिन्छन् ।
कर्णाली प्रदेशमा विभिन्न जातजातिका मानिसहरूको बसोबास रहेको छ । वि.सं.२०७८ को जनगणना अनुसारका नेपालका १४२ जातजातिमध्ये यहाँ बसोबास गरेका ८० जातजातिको नाम र जनसङ्ख्या जनगणनामा उल्लेख गरिएको छ । तिनका अतिरिक्त केही विदेशी, अन्य र नखुलेका जातजाति पनि यहाँ रहेका छन् ।
यहाँको कुल जनसङ्ख्या १६८८४१२ रहेको छ जसमध्ये क्षत्री ७११८८९, विश्वकर्मा २७३९६२, ठकुरीे १७७१७९, मगर १७६०६८, पहाडी ब्राह्मण १३५६१७, परियार ६८४६५, मिजार ४७८८४, दशनामी सन्न्यासी २१८८२, गुरुङ १२५४६, थारू ८७७३, भोटे ६०५५, डोल्पो ५२०५, बादी ४७६४, नेवा (नेवार) ४५४४ र तामाङ ४३४८ तथा बाँकी अन्य जातजातिका मानिसहरू यस प्रदेशमा रहेका छन् । यहाँ हिन्दु धर्म मान्ने १५९८४३७, बौद्ध धर्म मान्ने ५३२९२, इसाई धर्म मान्ने २९४५७, इस्लाम धर्म मान्ने ३५७०, प्रकृति धर्म मान्ने ३००९, बोन धर्म मान्ने ५३४, किरात धर्म मान्ने ९५, बहाई धर्म मान्ने ८, जैन धर्म मान्ने ७ र सिख धर्म मान्ने ३ जना व्यक्तिहरूको बसोबास रहेको छ ।
भारोपेली र चिनियाँ—तिब्बती परिवारका विभिन्न भाषाहरू कर्णाली प्रदेशमा प्रचलित रहेका छन् । वि.सं.२०७८ को जनगणना अनुसार नेपालमा बोलिने १२४ भाषाहरूमध्ये यस प्रदेशमा बोलिने ४८ ओटा मातृभाषाहरूको नाम उल्लिखित छ भने अन्य केही भाषाहरू पनि यहाँ प्रचलित रहेको सङ्केत गरिएको छ । यसरी नै दोस्रो भाषाका रूपमा पनि यहाँ केही भाषाहरू प्रचलित छन् । यिनका साथै यहाँका बासिन्दाहरूद्वारा प्रयोग गरिएका पुख्र्यौली भाषाहरू पनि कर्णाली प्रदेशसँग सम्बद्ध भाषा हुन् । तिनको स्थिति के कस्तो रहेको छ भन्ने विषयमा यस लेखमा विवेचना गरिएको छ ।
२. मातृभाषाको स्थिति
मातृभाषा भनेको आमाका काखमा बसेर सिकेको भाषा हो । कर्णाली प्रदेशमा वि.सं. २०६८ र वि.सं.२०७८ को जनगणनातिर दृष्टि लगाउँदा कुनै मातृभाषाको जनसङ्ख्या बढेको छ भने कुनैको घटेको छ । वि.सं.२०६८ को जनगणनामा देखा परेका केही मातृभाषाहरू वि.सं.२०७८ को जनगणनामा हराएका छन् भने वि.सं.२०६८को जनगणनामा नदेखिएका केही नयाँ मातृभाषाहरू हाल देखा परेका छन् ।
कर्णाली प्रदेशमा हाल बोलिने भाषाहरूमध्ये नेपाली, खस, थारू, जुम्ली, हिन्दी, अछामी, बोटे, डोटेली, मैथिली, भोजपुरी, अवधी, दैलेखी, उर्दू, बैतडेली, संस्कृत, मुसलमान, माझी, बाजुरेली, बज्जिका, अङ्ग्रेजी, कुमाल, मारवाडी, राजवंशी र बझाङी भारोपेली परिवारका भाषा हुन् भने मगर ढुट, मगर खाम, भोटे, डोल्पाली, कार्मारोङ, मुगाली, गुरुङ, तामाङ, राजी, मगर काइके, नेपालभाषा (नेवारी), शेर्पा, तिछुरोङ पोइके, ब्यासी, खाम्ची (राउटे), राई, घले, छिलिङ, छन्त्याल, याक्थुङ÷लिम्बू, तिब्बती, थकाली र सुनुवार चिनियाँ तिब्बती परिवारसँग सम्बन्धित भाषा हुन् । भारोपेली र चिनियाँ तिब्बती परिबारका भाषाहरूको सङ्ख्या झन्डै बराबर भए पनि वक्तासङ्ख्याका दृष्टिले भने भारोपेली परिवारका भाषा बोल्नेहरूको सङ्ख्या बढी रहेको छ । त्यसमा पनि नेपालीका वक्ताहरूको सङ्ख्या अरूका तुलनामा निकै बढी अर्थात् ८८.८५ प्रतिशत रहेको छ ।
नेपाली र खसबाहेकका अन्य भाषाहरूको वक्तासङख्यामा सबैभन्दा बढी रहेको मगर ढुटको जनसङ्ख्या २७०७२ अर्थात् १.६ प्रतिशत रहेको छ । वि.सं. २०६८ को जनगणनामा नेपालीपछि यसकै वक्तासङ्ख्या बढी रहेको थियो । यस भाषालाई कर्णाली प्रदेशमा नेपालीका अतिरिक्त अर्को सरकारी कामकाजको भाषा बनाउनका लागि सिफारिस गरिसकिएको छ । यसभन्दा अघिल्लो जनगणनामा खस भाषा बोल्नेको सङ्ख्या १८ मात्र रहेकामा यस पटक १०७०८४ अर्थात् ६.३४ प्रतिशत पुगेको छ । यसबाट विगतमा नेपालीका वक्ताका रूपमा सूचीकृत कतिपय व्यक्तिले आपूmलाई खसका वक्ताका रूपमा प्रस्तुत गरेकाले खस भाषा यस प्रदेशको दोस्रो ठूलो मातृभाषा बन्न गएको छ । यसै समूहका ५२५९ व्यक्तिले जुम्लीभाषीका रूपमा पनि आपूmलाई उभ्याएका छन् । विगतको जनगणनामा भने जुम्लीभाषीको सङ्ख्या १७ मात्र थियो ।
खस र जुम्ली दुबैलाई पोखरेल (२०२२), बन्धु (२०२५) र अन्य कतिपय लेखकले नेपाली भाषाको केन्द्रीय भेदका रूपमा लिँदै आएको पाइन्छ । यसलाई कतिपय अध्येताले सिँजाली नामले पनि पुकारेको पाइन्छ । यसकै कतिपय वक्ताले आपूmलाई नेपालीका वक्ताका रूपमा प्रस्तुत गर्न चाहेको पनि उक्त जनगणनाको तथ्याङ्कबाट पुष्टि हुन्छ । नेपाली भाषाको जननी नै यही भाषा भएकाले नेपाली भाषासँग यसको घनिष्ठता हुनु स्वाभाविक छ । यस भाषामा प्राचीन नेपालीका महŒवपूर्ण अभिलेखहरू रहेकाले यो हाम्रो सम्पदाको भाषा पनि हो । यसको संरक्षण र विकासमा सबैको विशेष ध्यान जान आवश्यक छ । नेपाली भाषाको अध्ययनमा देखा परेका समस्याका गाँठा फुकाउन यसबाट विशेष सहयोग पुग्दै आएको छ ।
वि.सं.२०६८ को जनगणनामा कर्णाली प्रदेशका मातृभाषाका सूचीमा नरहेका कार्मारोङ, मुगाली, तिछुरोङ पोइके, ब्यासी, दैलेखी, घले, छिलिङ, छन्त्याल, मुसलमान, माझी, बज्जिका, मारवाडी र राजवंशी भाषाका वक्ताहरू २०७८ को जनगणनामा कर्णाली प्रदेशमा देखा परेका छन् । यी भाषाभाषीमध्ये कतिपयले पहिले अरू नै भाषाका वक्ताका रूपमा आपूmलाई प्रस्तुत गरेको अनुमान गर्न सकिन्छ भने कतिपय बसाइसराइ वा अन्य कारणले जनगणनाका अवसरमा कर्णाली प्रदेशमा रहेका हुन सक्तछन् । पहिले कर्णाली प्रदेशको सूचीमा सूचीकृत बेलहारे, बान्तावा, याक्खा, थामी, दरई, चाम्लिङ, दुरा, बराम, बङ्ग्ला, राजस्थानी, धिमाल, जिरेल, मेचे, पहरी, हायु, पन्जाबी, ताजपुरिया, सुरेल, नखुलेको जस्ता भाषाहरू यस पटकको वि.सं.२०६८को जनगणनाको सुचीमा छैनन् ।
या त तिनीहरू अन्यको सुचीमा रहेका हुन सक्छन् या त पहिले जनगणनाको समयमा कर्णाली प्रदेशमा रहे पनि यस पटक त्यहाँ नरहेका हुन सक्छन् । तिनीहरूका वक्ताको सङ्ख्या पनि खासै धेरै नरहेको तालिकामा स्पष्ट देख्न सकिन्छ । जनगणनाका व्रmममा एउटै भाषाका भाषिक भेदहरूलाई अलगै भाषाका रूपमा टुक््रयाउँदै जाने प्रवृत्ति विगत केही वर्षदेखि बढ्दै गएको छ । त्यसकै फलस्वरूप नेपाली भाषाका भाषिका भनिदै आएका कतिपय भेदहरूलाई अलगै भाषाका रूपमा राष्ट्रिय जनगणनाले पनि मान्यता दिएको पाइन्छ । यसको असर कर्णाली प्रदेशमा पनि परेको छ । यहाँ प्रचलित खस र जुम्लीका साथै डोटेली, अछामी, दैलेखी, बैतडेली, बाजुरेली र बझाङी नेपाली भाषाका भाषिकाहरू मानिदै आएका भए पनि तिनलाई अलगै भाषाका रूपमा उल्लेख गरिएको छ । यसबाट नेपाली भाषाका वक्ताहरूको सङ्ख्या घट्तै गएको छ ।
यो प्रवृत्ति हालसम्म भेरीबाट पूर्वतिर बढेको छैन । राष्ट्रिय हितका दृष्टिले यसरी टुक््रयाउने प्रवृत्ति हानिकारक हुन सक्ने भएकाले यसप्रति सचेतताको खाँचो छ । यिनको नेपाली भाषासँगको साइनो नटुट्नु राष्ट्रिय हितमा देखिन्छ । अन्य भाषाहरूका सन्दर्भमा पनि यो प्रवृत्ति देखा परेको छ । कर्णाली प्रदेशको हिमाली क्षेत्रमा बोलिने भाषाहरूमध्ये कतिपय एउटै भाषासँग सम्बद्ध भए पनि सामाजिक राजनैतिक कारणले अलग अलग भाषाका रूपमा लिने गरिएको पाइन्छ ।
यहाँका भोटे, शेर्पा, तिब्बती , डोल्पाली, कर्मारोङ, मुगाली, तामाङ, गुरुङ र घले भाषालाई अलग अलग भाषाका रूपमा सूचीकृत गरिएको छ ।
ती सबै भाषाका वक्ताहरूको सङ्ख्या जोड्ने हो १६२७७ पुग्दछ । ती भाषाहरूमध्ये कतिपयमा समान विशेषता हुन सक्ने सम्भावनाबारे विगतदेखि नै चर्चा हुँदै आएको छ । तिनका समानता र असमानताको राम्रो अध्ययन गरिनु पर्दछ र अध्ययनबाट ती भाषाहरूमध्ये जतिमा समान विशेषता देखिन्छन् तिनलाई एउटै भाषामा समाविष्ट गरी तिनलाई नअलग्याउनु उपयुक्त हुन्छ । त्यसो भयो भने कर्णाली प्रदेशको हिमाली क्षेत्रको उक्त भाषा एक सशक्त भाषाका रूपमा स्थापित हुन सक्ने छ र भविष्यमा नेपालीका अतिरिक्त त्यसले सरकारी कामकाजका भाषाका रूपमा मान्यता पाउने बलियो आधार निर्माण हुने छ ।
सो भाषाका सम्बन्धमा नीतिनिर्माणका साथै संरक्षण, संवर्धन र विकासको काम गर्न पनि सहज वातावरण बन्न जाने छ । अतः नेपाली समाजलाई भाषिक रूपमा टुक््रयाउनेभन्दा पनि जोड्ने कडीहरूको खोजी गर्ने र राष्ट्रिय एकतालाई सुदृढ तुल्याउने कुरालाई महŒव नदिई ससाना चर खोजेर टुक््रयाउने प्रवृत्तिलाई निषेध गरिनु श्रेयष्कर हुन्छ । यसको अर्थ पूर्णतः भिन्न भाषालाई एउटै भाषामा समाहित गर्नुपर्छ भन्ने चाहिँ कदापि होइन ।
वि.सं.२०६८ को जनगणनामा मगर भाषाका वक्ताको सङ्ख्या ३२०२९ र मगर खामका वक्ताको सङ्ख्या २२११ रहेको पाइन्छ जब कि वि.सं.२०७८ मा मगर ढुटका वक्ताको सङ्ख्या २७०७२ र मगर खामका वक्ताको सङ्ख्या १३५३५ रहेको छ । यसले के देखाउँछ भने वि.सं.२०६८ मा मगरभित्र नै ढुट र खामलाई समाहित गर्ने प्रयत्न भए पनि केही वक्ताले खामका रूपमा पनि आपूmलाई प्रस्तुत गरेका थिए । वि.सं.२०७८ मा भने ढुट र खामका वक्ताहरूले अलग अलग रूपमा नै आआपूmलाई उभ्याए । मगर ढुट र मगर खाम दुई भिन्नाभिन्नै भाषा भएकाले एउटैमा दुबैका वक्तालाई गणना गर्नु उपयुक्त थिएन र हुँदैन पनि । मगर खामलाई मगर पाङ पनि भन्ने गरिएको पाइन्छ यद्यपि जनगणनाले भने मगर खामका रूपमा यसलाई ग्रहण गरेको पाइन्छ ।
वि.सं.२०७८ को जनगणनामा खस र मगर खाम भाषाको वक्तासङ्ख्या बढेकाले पहिले ६६०३ वक्तासङ्ख्यासहित चौथो स्थानमा रहेको थारू भाषा ७७९१ वक्तासङ्ख्यासहित पाँचौँ स्थानमा पुगेको छ । मगर काइकेको वक्तासङ्ख्या पहिले १७ मात्र रहेकामा यस पटक ९५८ भई यथार्थका नजिक पुगेको छ । राजी भाषाका वक्ता ९८० बाट बढेर ९९३ पुग्नु स्वाभाविक नै देखिन्छ । यसरी नै खाम्ची (राउटे)को वक्तासङ्ख्या पहिले ६६ रहेकामा हाल ३२४ देखा परेको छ । यस्तै संस्कृत भाषाको वक्तासङ्ख्या १ बाट बढेर ११७ पुगेको छ भने कुमाल भाषाको १ बाट बढेर १६ पुगेको छ । खाम्ची र संस्कृत भाषामा देखा परेको विगत र हालको वक्तासङ्ख्याको अन्तरलाई अझ पत्यारिलो तुल्याउन थप अध्ययन अपेक्षित छ किनकि जानकारहरूले खाम्ची भाषाका वक्ता राउटेहरू कर्णाली प्रदेशमा १५०को सेरोफेरोमा रहेको सूचना सार्वजनिक गरेको पाइन्छ र समाजमा संस्कृत भाषामा कुराकानी भएको पनि खासै सुनिँदैन ।
यहाँ अन्य प्रदेशमा बोलिने भाषाका वक्ताहरूमध्ये तराई मधेसमा बोलिने भोजपुरी भाषाका वक्ताको सङ्ख्या २९७ बाट बढेर ५५७ र अवधी भाषाका वक्ताको सङ्ख्या ११७ बाट बढेर ५२३ पुगेको छ भने सुदूर पश्चिम प्रदेशमा बोलिने डोटेली भाषाको वक्तासङ्ख्या १५४ बाट बढेर ६४६, बैतडेली भाषाको वक्तासङ्ख्या ५१ बाट बढेर १२३ र बाजुरेली भाषाको वक्तासङ्ख्या १० बाट बढेर २४ पुगेको छ । यसरी नै मूलतः बाग्मती र कोसी प्रदेशमा बोलिने राई भाषाको वक्तासङ्ख्या ७१ बाट बढेर ११७, याक्थुङ-लिम्बू भाषाको वक्तासङ्ख्या २५बाट बढेर ६१ र सुनुवार भाषाको वक्तासङ्ख्या ४ बाट बढेर १३ पुगेको छ । बसाइ सराइ अथवा कामको सिलसिलामा एक प्रदेशको व्यक्ति अर्को प्रदेशमा पुग्नु र त्यहीँबाट जनगणनामा समावेश हुनु सामान्य कुरा हो ।
कर्णाली प्रदेशमा तामाङ भाषाको वक्तासङ्ख्या १३३२३ बाट घटेर १३२७ भएको छ । विगतमा जुम्लामा आयोजित एक सङ्गोष्ठीमा अन्य भाषाका केही व्यक्तिहरूले नागरिकता प्राप्ति आदिको झमेलाका कारण तामाङका रूपमा आपूm र आÏनो भाषालाई प्रस्तुत गर्ने गरेको कुरा उठेको थियो । सायद अब उनीहरूले आÏनो वास्तविक जाति र भाषालाई अँगाल्नाले तामाङभाषीको सङ्ख्या घटेको हुन सक्तछ ।
शेर्पा भाषाको वक्तासङ्ख्या २९११ बाट घटेर ४८६ मा झरेको छ । यसमा पनि भोटे भाषाका रूपमा देखा परेको नयाँ भाषामा शेर्पाहरू समाविष्ट भएको हुन सक्ने सम्भावना रहेको छ । बोटे भाषाको वक्तासङ्ख्या १४०३ बाट घटेर १०८६ मा झरेको छ । हिमाली क्षेत्रमा देखा परेको भोटे भाषालाई कतै बोटे भाषा भनिएको त होइन भन्ने आशङ्का विगतमा गरिँदै आएकाले बोटे भाषाको सङ्ख्या घटेको हुन सक्ने सम्भावना छ र अझै पछि पनि सो सङ्ख्या घट्न सक्तछ । उर्दूभाषीको सङ्ख्या ५६१ बाट घटेर १८२ भएको छ भने मुसलमान भाषा बोल्ने ५१ जना थपिएको पाइन्छ ।
यसले के देखाएको छ भने उर्दूभाषी मुसलमानहरूमध्ये केहीको भाषा मुसलमान भाषाका रूपमा सूचीकृत हुन पुग्यो । सायद केहीको मातृभाषा नेपाली भएकाले यथार्थतिर प्रवृत्त हुँदा पनि पहिलेको सङ्ख्या घट्न गयो । नेपालभाषा (नेवारी) भाषाको वक्तासङ्ख्या ८८० बाट घटेर ६२९ हुन गएको छ भने साङ्केतिक भाषाका वक्ताको सङ्ख्या पनि २६५ बाट घटेर ५८ मा झरेको छ । कर्णाली प्रदेशका नेवार समुदायमा नेपालभाषाभन्दा नेपाली भाषा बोलिने प्रचलन भएकाले आपूmले बोल्ने भाषालाई नै मातृभाषा लेखाइँदा यस्तो भएको हुन सक्तछ । साङ्केतिक भाषाका वक्ताको सङ्ख्या घट्नुको कारण भने खोजीको विषय हुन सक्तछ ।
कर्णाली प्रदेशमा वि.सं.२०६८ मा मैथिली, छन्त्याल, थकाली, अङ्ग्रेजी र बझाङी भाषाका वक्ताहरूको सङ्ख्या व्रmमशः ९९९, १५०, ५७, १८ र २३ थियो भने वि.सं.२०७८ मा घटेर ६३२, ७०, ३१, १६ र १४ भएको छ । यी भाषाका वक्ताहरू बसाइ सराइ अथवा कामको सिलसिलामा अन्यत्र जाँदा वक्तासङ्ख्या घटेको हुन सक्ने सहज अनुमान गर्न सकिन्छ ।
३. दोस्रो भाषाको स्थिति
मातृभाषाका अतिरिक्त सामाजिक सम्पर्कका लागि प्रयोग गरिने अर्को भाषा नै दोस्रो भाषा हो । नेपालको बहुभाषिक परिवेशमा दोस्रो भाषाको प्रयोग हुनु सामान्य कुरा हो । कर्णाली प्रदेशमा पनि दोस्रो भाषाका रूपमा केही भाषाहरू बोलिन्छन् । वि.सं. २०६८ मा कर्णाली प्रदेशमा दोस्रो भाषाका रूपमा मूलतः ३७ ओटा भाषाहरू प्रचलित रहेको देखिन्छ भने वि.सं.२०७८ मा पनि त्यति नै भाषाहरू प्रचलित रहेका देखिन्छन् । फरक के छ भने वि.सं.२०६८ मा मगर खाम, भोटे, जुम्ली, तिब्बती, अछामी, बैतडेली, डोल्पाली, तिछुरोङ पोइके, साम्पाङ, मारवाडी, दैलेखी, साङ्केतिक भाषा, धुलेली, चाम्लिङ, बझाङी, खाम्ची (राउटे), छिलिङ, डोटेली र सधानी जस्ता वि.सं. २०७८ मा दोस्रो भाषाका रूपमा रहेका भाषाका वक्ताहरू थिएनन् । बरु त्यतिखेर वि.सं. २०७८ मा दोस्रो भाषाका रूपमा नरहेका शेर्पा, राई, बान्तवा, याक्खा, मेचे, पहरी, राजवंशी, सन्थली, लोहोरुङ, मेवाहाङ, चेपाङ, दनुवार, पुमा, आसामी, अरबी, उराउ, ब्यासी, याम्पूmयाम्फे र जेरो-जेरुङ जस्ता भाषाहरूलाई दोस्रो भाषाका रूपमा प्रयोग गर्ने वक्ताहरू रहेका थिए ।
यसरी कहिले दोस्रो भाषाका रूपमा देखा पर्ने र कहिले देखा नपर्ने यी भाषाहरूलाई छाडेर दुवै वर्ष दोस्रो भाषाका रूपमा सूचीकृत भाषाहरूमा नेपाली, हिन्दी, मगर ढुट, उर्दू, खस, अङ्ग्रेजी, मैथिली, बोटे, अवधी, भोजपुरी, गुरुङ, थारू, तामाङ, याक्थुङ-लिम्बू, नेपालभाषा (नेवारी), संस्कृत, राजी र बज्जिका रहेका छन् । यिनमा मगर खाम पनि पथ्र्यो होला तर वि.सं.२०६८ मा मगर भाषाका नामबाट नै मगर ढुट र मगर खाम दुबै भाषाको गणना गराउने चेष्टा गरिँदा सो भाषा छुट्न गएको अनुमान गर्न सकिन्छ । जेसुकै भए पनि बहुभाषिक परिवेशमा रहेको कर्णाली प्रदेशमा वक्ताहरूमध्ये केहीले आÏनो भाषाका अतिरिक्त दोस्रो भाषाको प्रयोग गरेको देखिएको छ । नेपाली भाषाका वक्ताहरू ठुलो सङ्ख्यामा रहेको यस प्रदेशमा नेपालीको वक्ताले नेपालीसँग सम्बन्धित अन्य भेदको प्रयोग गर्नु जति स्वाभाविक छ त्यति नै नेपालीसँग सम्बन्धित अन्य भेदका वक्ताले नेपालीको प्रयोग गर्नु पनि कुनै अस्वाभाविक कुरा होइन ।
यसरी नै परस्पर सम्पर्कका व्रmममा एउटै समाजमा रहेका विभिन्न भाषाभाषीहरूले एकअर्काका भाषा बोल्नु पनि कुनै अनौठो कुरा होइन । लोकतान्त्रिक गणतन्त्रमा नेपाल प्रवेश गरेपछि यस कुरालाई प्रोत्साहित गरिनुका साथै बहुभाषिक शिक्षामा जोड पनि दिँदै आइएको छ । एकअर्काका भाषालाई महŒव दिई तिनमा बोलीचाली गरिनुले परस्पर सद्भाव, आत्मीयता र एकता बढ्ने तथा भाषिक संरक्षण एवम् संवर्धनमा बल पुग्ने भएकाले दोस्रो भाषा बोल्ने प्रवृत्ति बढ्दो छ । कर्णाली प्रदेशको उक्त तथ्याङ्कले यस प्रदेशमा दोस्रो भाषा बोल्ने वक्ताहरूको सङ्ख्या विभिन्न भाषाका वक्ताहरूमा बढ्दै गएको देखिन्छ ।
४. पुख्र्यौली भाषाको स्थिति
राष्ट्रिय जनगणना २०७८ ले नेपालीहरूका पुख्र्यौली भाषाहरूबारे महŒवपूर्ण जानकारी प्रकाशमा ल्याएको छ । यसमा कर्णाली प्रदेशका भाषिक वक्ताहरूका पुख्र्यौली भाषाहरू पनि सार्वजनिक भएका छन् । हरेक मान्छेले आÏना पुर्खा र उनीहरूले बोल्ने भाषाबारे गर्व गर्दछ । पुख्र्यौली भाषाहरूमध्ये कतिपय मृत्युका मुखमा पुगेका हुन सक्तछन् भने केही जीवित रूपमा रहेका हुन सक्तछन् ।
सबै नेपालीभाषीहरूको पुख्र्यौली भाषाका रूपमा रहेको खस भाषा कर्णाली प्रदेशमा जीवित छ भने नेपालकै कतिपय प्रदेशमा धेरै भिन्न भइसकेको छ । यसरी नै अन्य कतिपय भाषाका वक्ताहरूको पुख्र्यौली भाषा हाल उनीहरूले बोलिरहेको भाषाभन्दा फरक परिवार वा समूहको हुन सक्तछ । त्यसैले पुख्र्यौली भाषासम्बन्धी जानकारी सबैका निम्ति चाखलाग्दो र सुरुचिकर हुनु स्वाभाविक छ ।
भाषा आयोगको सल्लाहमा वि.सं.२०७८ को जनगणनामा पुख्र्यौली भाषाको समेत तथ्याङ्क लिने व्यवस्था भयो । यसले गर्दा कुनै अर्कै मातृभाषा अँगालेको व्यक्तिले पुख्र्यौली भाषाप्रतिको मोहले गर्दा पुख्र्यौली भाषालाई आÏनो मातृभाषाका रूपमा प्रस्तुत गर्ने र वास्तविकता ओझेल पर्ने स्थिति नरहने भयो । सही तथ्याङ्क भएन भने त्यसले नीतिनिर्माणदेखि विभिन्न कुरामा नराम्रो असर गर्दछ । त्यसैले भावुकतावश गलत सूचना दिने कार्य हानिकारक हुन्छ । यही कुरालाई हृदयङ्गम गरेर पुख्र्यौली भाषा जनगणनामा समाविष्ट भयो । यस व्यवस्था अनुसार लिइएको कर्णाली प्रदेशको भाषिक जनगणनामा प्रमुख ५५ भाषा र अन्यका रूपमा केही भाषालाई पुख्र्यौली भाषाका रूपमा उल्लेख गरिएको छ ।
तिनमा सबैभन्दा बढी वक्ताले आÏनो पुख्र्यौली भाषाका रूपमा नेपालीलाई प्रस्तुत गरेको देखिन्छ भने त्यसपछि खस, मगर ढुट, जुम्ली मगर खाम, थारू अछामी, गुरुङ, भोटे, दैलेखी, डोल्पाली, कर्मारोङ, तामाङ, नेपालभाषा (नेवारी), मुगाली, मगर काइके, अवधी, संस्कृत, हिन्दी, राजी, डोटेली, भोजपुरी, मैथिली आदि भाषाहरू पुख्र्यौली भाषाका रूपमा अभिलिखित गराएको पाइन्छ । पुख्र्यौली भाषाको अवधारणा स्पष्ट नहुँदा एउटै भाषाका वक्ताहरूले पनि अलग अलग पुख्र्यौली भाषा उल्लेख गर्न पुगेको देखिन्छ । भविष्यले वक्ताहरूलाई यसबारे शिक्षित दीक्षित तुल्याउने र यथार्थ तथ्याङ्क उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ । हाल जे जति जानकारी उपलब्ध छ सो स्वयम्मा महŒवपूर्ण छ । विभिन्न भाषाका वक्ताहरूमा आएको भाषिक जागरण तथा आआÏना भाषाप्रति देखा परेको अनुराग उत्साहजनक र स्तुत्य छ ।
५. निष्कर्ष
कर्णाली प्रदेश नेपालको कुलजनसङ्ख्या २९१६४५७८ को ५.७८ प्रतिशत अर्थात् १६८८४१२ जना नेपालीहरूले बसोबास गरेको प्रदेश हो । यहाँ हाल मूलतः मातृभाषाका रूपमा ४८, दोस्रो भाषाका रूपमा ३८ र पुख्र्यौली भाषाका रूपमा ५५ ओटा भाषाहरू बोलिन्छन् । यिनका अतिरिक्त केही अन्य भाषाहरू पनि यहाँ बोलिने गरेको सूचना प्राप्त छ । खस भाषा जस्तो प्राचीन नेपालीका महŒवपूर्ण सामग्रीहरू रहेको सम्पदाको भाषा यहीँ छ ।
यसका साथै नेपाली भाषासँग सम्बद्ध जुम्ली, दैलेखी, अछामी, डोटेली, बझाङी, बाजुरेली भेदहरू पनि यहाँ रहेका छन् । मगर भाषाका मगर ढुट, मगर खाम र मगर काइके तीनओटै भाषाहरू यहाँ उपलब्ध छन् ।
यीमध्ये मगर ढुट कर्णाली प्रदेशमा नेपालीका अतिरिक्त थप सरकारी कामकाजको भाषाका रूपमा सिफारिस गरिएको छ । यहाँ प्रायः हिमाली भेकका साथै पहाडी भूभागमा बोलिने तिब्बती, शेर्पा, भोटे, मुगाली, तिछुरोङ पोइके, कर्मारोङ, डोल्पाली, तामाङ, ब्यासी, गुरुङ, छन्त्याल, घले जस्ता भाषाहरूका साथै तराई र भित्री मधेसका थारू, अवधी, भोजपुरी, मैथिली र बज्जिका जस्ता भाषाहरू पनि प्रचलित छन् । सहरबजारमा प्रचलित नेपालभाषा (नेवारी)का वक्ताहरूका साथै नदी र तालतलैयाका छेउछाउमा जीवन यापन गर्नेहरूले बोल्ने राजी, माझी र बोटे भाषाको अस्तित्व यहाँ रहेको छ । खाम्ची जस्तो घुमन्ते अवस्थाको राउटे समूहले बोल्ने भाषा यहाँ उपलब्ध छ ।
धार्मिक कार्य र पठन पाठनमा बढी प्रयोग हुने गरेको संस्कृत भाषालाई दोस्रो भाषाका रूपमा मात्र नभई मातृभाषाका रूपमा बोल्नेहरू पनि कर्णाली प्रदेशमा रहेको जानकारी जनगणनाबाट प्राप्त भएको छ । यिनका अतिरिक्त राई, लिम्बू, थकाली, छिलिङ, छन्त्याल, साम्पाङ, मारवाडी आदि भाषाहरूको स्पर्श पनि कर्णाली प्रदेशले प्राप्त गरेको छ । छिमेकी देशहरूमा विकसित अवस्थामा रहेका हिन्दी र उर्दू भाषाहरू पनि यहाँ देखा परेका छन् ।
यसरी नै नेपालमा शिक्षाका माध्यमका रूपमा प्रयोग गरिँदै आएको अङ्ग्रेजी दोस्रो भाषाका रूपमा मात्र नभई मातृभाषाका रूपमा पनि यहाँ बोल्ने गरिएको जानकारी प्राप्त भएको छ । यो समग्र स्थितिले कर्णाली प्रदेश पनि नेपालको बहुभाषिक पूmलबारीका रूपमा रहेको स्पष्ट हुन्छ जहाँ नेपाली भाषाको स्थान सर्वोपरि रहेको छ ।
(२०८१ फागुन ६ गते सुर्खेत वीरेन्द्रनगरमा आयोजित कर्णाली उत्सव ः कुडा कर्णालीमा प्रस्तुत विद्धत प्रर्वचन)
प्रतिक्रिया दिनुहोस्