सञ्चारकर्मीलाई मर्यादित महिनावारीसम्बन्धि तालिम



वीरेन्द्रनगर ।

जुम्लाका सञ्चारकर्मीलाई मर्यादित महिनावारी सम्बन्धि तालिम दिइएको छ । जिल्लामा कार्यरत सञ्चारकर्मीहरूका लागि २ दिने ‘मर्यादित महिनावारी’ सम्बन्धि तालिम सञ्चालन भएको हो ।

सञ्चारमाध्ययमहरू रेडियो, अनलाईन र पत्रपत्रिकामा कार्यरत पत्रकारहरूलाई मर्यादित महिनावारीबारे जानकारी गराउन र महिनावारीका सवाललाई समाचारका रूपमा उठान गर्नका लागि उनीहरूको क्षमता विकास गरिएको छ । पत्रकार महासंघ शाखा जुम्लाको समन्वय तथा विभिन्न संघसंस्थाको सहयोगमा तालिम सञ्चालन भएको हो ।

तालिमको उद्घाटन समारोहमा पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले सञ्चारकर्मीलाई मर्यादित महिनावरीका विषयमा थप जानकार बनाउनुुका साथै महिनावारीका सवालमा सशक्त भएर कलम चलाउन अनुरोध गरे । तालिमपछि मर्यादित महिनावारीका सवालहरूलाई पत्रकारहरूले प्रथामिकता साथ उठान गर्ने उनको अपेक्षा छ ।

मर्यादित महिनावारी अभियान्ता डा. राधा पौडेलले मर्यादित महिनावारीको सवाललाई राज्यले हरेक तहमा पेचिलो बनाउनका लागि सञ्चारकर्मीहरूको भूूमिका महत्वपूूर्ण रहने बताइन् । जुम्लाबाट अपेक्षित रूपमा मर्यादित महिनावारीका सवाल उठ्न नसकेको भन्दै उनले अब प्राथमिकताका साथ पत्रकारहरूले विषय उठान गर्नुुपर्ने बताइन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्णप्रसाद चौलागाँईले पत्रकारका लागि क्षमता विकास तालिम सञ्चालन भएकोमा खुसी व्यक्त गरेका थिए । तालिममा जिल्लाका १६ जना पत्रकारहरूको सहभागिता रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रबार