कैलाली, सुदूरपश्चिम प्रदेश प्रमुख तथा प्रहरी नायब महानिरीक्षक गणेश चन्दले सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढी शाखाको निरीक्षण गरेका छन् ।
सोमबार निरीक्षणको क्रममा उनले अस्पतालका सम्पूर्ण शाखा तथा वार्ड र युनिटको अवलोकन गरेका हुन् ।
निरीक्षणपश्चात अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँँदै प्रदेश प्रहरी प्रमुख चन्दले हरेक प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य उसको कार्यसम्पदान गर्ने सामथ्र्य र मनोबलसँग जोडिने भएकाले संगठनात्मक लक्ष्य प्राप्तिका लागि बिरामी जाँच र उपचारमा अस्पताल प्रशासन तथा कार्यरत कर्मचारीहरू संवेदनशील हुनुपर्ने बताए ।
उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा अस्पतालले दर्जागत विभेदबिना समानता कायम गरी असल व्यवहार, उचित परामर्श, सहानुभूतिपूर्ण उपचारको माध्यमबाट सेवामा सबैको सरल र सहज पहुँच हुने वातावरणको सुनिश्चितता गर्नुपर्ने उल्लेख गरे ।
सम्बोधनको क्रममा प्रहरी अस्पताल प्रहरी संगठनको एक अत्यन्त महत्वपूर्ण अंग भएकोले यसको गरिमा र साखलाई कायम राख्न सौहार्दता र हार्दिकता कायम राख्दै आ–आफ्नो जिम्मेवारीप्रति कर्तव्यनिष्ठ भएर काम गर्न समेत निर्देशन दिए ।









प्रतिक्रिया दिनुहोस्