बुटवल ।
बुटवलमा उद्योगी व्यवसायीहरूलाई ऊर्जा दक्षतासम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ ।
उद्योगी व्यवसायीका लागि जर्मन सहयोग र युरोपियन युनियनको आर्थिक सहयोगमा बुटवल उद्योग वाणिज्य संघको समन्वयमा मंगलबार बुटवलमा उद्योगी व्यवसायीलाई अभिमुखिकरण गरिएको हो ।
आर्थिक सहयोग व्यवस्थापनको कार्यान्वयन राष्ट्रिय बाणिज्य बैंक र प्राविधिक पक्षको काम जीआईजेडले गर्दै आएको छ । कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले उद्योग प्रतिष्ठानमा ऊर्जा दक्षता मापनले सुधार आउने बताए ।
उद्योग प्रतिष्ठानको स्वास्थ्य जाँच पनि भएकाले ऊर्जा खपत गर्ने मात्रै नभई उत्पादन लागत घटाउन र प्रतिस्पर्धी बनाउन पनि सहयोग पुग्ने अध्यक्ष अर्यालले बताए ।
जीआईजेड ऊर्जा दक्षता कार्यक्रमका कम्पोनेन्ट म्यानेजर डा. सञ्जयप्रसाद गोरखालीले कार्यक्रमबारे जानकारी दिँदै ऊर्जा दक्षता कार्यक्रम मानव शरीरमा जस्तै उद्योगको होलबडी चेकपअ भएको बताए ।
प्रतिक्रिया दिनुहोस्