डोटी ।
डोटीको केआई सिंह गाउँपालिकाले राष्ट्रिय क्रिकेटर शेरबहादुर मल्ललाई सम्मान गरेको छ ।
छैटौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा मल्ललाई एक लाख ३१ हजार २ सय ५० रूपैयाँ नगदसहित सम्मान गरिएको हो ।
पालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले शनिबार मल्ललाई उक्त नगद रकमसहित सम्मान गरेका थिए । केआई सिंह गाउँपालिकाका स्थायी बासिन्दा मल्लले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ड्सका तर्फबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति : २०८१ माघ ६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्