नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा मंगलबार १०औँ राष्ट्रिय योग दिवस मनाइएको छ । योग समिति नेपालले योगाभ्यास कार्यक्रम आयोजना गरेर योग दिवस बनाएको हो । कार्यक्रममा योग समिति नेपालका विभिन्न ३४ वटा केन्द्रका संयोजक र प्रतिनिधिहरूको सहभागितामा रहेको थियो ।
योग समिति नेपालका अध्यक्ष एवम् योग गुरु गिरिराज शर्मा भट्टराईको अध्यक्षता एवम् नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय प्रांगणमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहले शारीरिक र मानसिक तन्दुरुस्तीका लागि योग अति जरुरी रहेको बताए । हरेक नागरिकले अनिवार्यरूपमा योग गर्नुपर्नेमा उनले जोड दिए ।
योग समिति नेपालका अध्यक्ष एवम् योग गुरु भट्टराईले दिन प्रति दिन योगप्रतिको आकर्षण बढ्दै गएको बताए । हरेक वर्ष माघ १ गतेलाई योगदिवसका रूपमा मनाउने गरिन्छ । यसवर्षको दिवसको नारा ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्