कोहलपुर उद्योग बाणिज्य संघमा सल्लाहकार र विशिष्ट सदस्य मनोनित



बाँके ।

कोहलपुर उद्योग बाणिज्य संघमा विशिष्ट सदस्यहरू र सल्लाहकार नियुक्त गरिएको छ । शुक्रबार भएको संघको कार्यसमिति बैठकले विशिष्ट सदस्य र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । संघको शुक्रवार सम्पन्न बैठकमा नयाँ सल्लाहकार र बिशिष्ट सदस्यहरूको नियुक्ति गरिएको छ ।

बैठकले संघको कानूनी सल्लाहकारको रूपमा लोकबहादुर शाह, आर्थिक सल्लाहकारको रूपमा यादव बस्याल र प्रेस सल्लाहकारको रूपमा निर्मल आचार्य नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसैगरी, विशिष्ट सदस्यको रूपमा पूर्व कार्यसमिति सदस्य समेत रहेका तिलप्रसाद सापकोटालाई नियुक्त गरिएको कोहलपुर उद्योग बाणिज्य संघका महासचिव दीपकबहादुर भण्डारीले जानकारी दिए ।

‘यी नियुक्तिहरू संघको समग्र विकास र कार्यकुशलता बढाउने उद्देश्यले गरिएको हो । हामी आशा गर्छौं कि यी सदस्यहरूले संघलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्’ महासचिव भण्डारीले भने ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस ६ गते शनिबार